भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोकेकोमा सरकारले दियो धन्यवाद

Advertisement

काठमाडौं । भारतीय टेलिभिजन च्यानलहरुको प्रशारण रोक्ने निर्णय गरेकोमा सरकारले केबल टेलिभिजन प्रशारकहरुलाई धन्यवाद दिएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रेस विज्ञप्ति नै निकालेर केबल टेलिभिजन प्रसारकहरुलाई धन्यवाद दिएको हो ।

नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी नेपालका डिजिटल केवल सेवाप्रदायकहरूले जिम्मेवारी बोधका साथ स्वतस्फूर्त रूपमा प्रसारण रोकेकोमा मन्त्रालय धन्यवाद व्यक्त गर्दछ।’, मन्त्रालयले भनेको छ ।

भारतीय टेलिभिजनहरुले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम जोडेर अनर्गल समाचार प्रसारण गरेका थिए ।

Advertisement

Advertisement

Advertisement