भारत शताब्दीकै गम्भिर आर्थिक संकटमा, पुनः लकडाउन गर्ने तयारी

Advertisement

काठमाडौं । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)का गभर्नर शक्तिकान्त दासले भारत शताब्दीकै सबै भन्दा गहिरो आर्थिक तथा स्वास्थ्य संकटमा फसेको बताएका छन् । एसबिआई बैंकिङ तथा इकोनोमिक कन्क्लेबमा बोल्दै उनले भनेका छन्ः‘पछिल्लो एक सय वर्षमा आएको सबै भन्दा गम्भिर आर्थिक तथा स्वास्थ्य संकटबाट भारत यतिबेला गुज्रिरहेको छ, उत्पादन, रोजगारी नागरिक स्वास्थ्यमा अभुतपूर्व नकारात्मक असर परेको छ ।’

उनले कोरोनाको विश्वव्यापी संकटले आपुर्ति प्रणाली, श्रम र पुँजीको प्रवाहलाई प्रभावित गरेको पनि बताएका छन् । साथै, कोरोना महामारीले भारतीय आर्थिक तथा वित्तिय पद्धतिको जोखिम बहान गर्न सक्ने क्षमतामा पनि ह्रास ल्याएको बताए । उनले भारतीय अर्थतन्त्र यतिबेला गम्भिर परिक्षाको घडीमा रहेको पनि बताएका छन् ।

फेरी लकडाउनको तयारी
यसै बीच भारतमा पुनः लकडाउनको तयारी गरिएको छ । कोरोना अति प्रभावित मुलुकहरुमध्ये तेश्रो नम्बरमा पुगेपछि पुनः लकडाउनको तयारी गरेको हो । भारतमा पछिल्लो २४ घण्टामा २६ हजार ५ सय ६ जनामा कोरोना संक्रमण थपिएको छ । कोरोना निको हुनेहरुको दर भने ६२.४२ प्रतिशत मात्रै छ । कोरोनाका कारण भारतमा २१ हजारको मृत्यु भैसकेको छ । उत्तर प्रदेश सरकारले पुनः लकडाउन घोषणा गरेको छ भने अन्य राज्यहरुले पनि तयारी अघि बढाएको बीबीसी हिन्दीले लेखेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा संसारभर२ लाख २८ हजार एक सय २ जनामा कोरोना संक्रमण थपिएको छ । अमेरिकामा संक्रमितहरुको संख्या ३१ लख ७३ हजार पुगेको छ भने एक लाख ३४ हजार अमेरिकीले ज्यान गुमाईसकेका छन् ।  कोरोनका कारण हालसम्म विश्वमा ५ लाख ५५ हजार नागरिकले ज्यान गुमाईसकेका छन् ।

Advertisement

Advertisement

Advertisement