नविल बैंकले सुरु गर्यो ‘नबिल डिजि बैंक’, हामी दोस्रो हुन सक्दैनौंः अनिल शाह

Advertisement

काठमाडौं । नविल बैंकले डिजिटल बैंकको अवधारणामा ‘नबिल डिजि बैंक’ स्थापनाको घोषणा गरेको छ । बैंकले आइतबार भर्चुअर प्रेस मिट आयोजना गरी यस्ता अवधारणाको शुभारम्भ गरेको हो ।

बैंकले आफ्नो ३६औं बार्षिकोत्सवको उपलक्ष्यमा ग्राहकहरुले चाहेको समय, ठाउँ र सुविधाअनुसार बैंकिङ सेवा उपभोग गर्न पाउने प्रविधिमा आधारित सेवा सुरु गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल शाहले यसलाई नविल बैंकको ‘छलाङ’ भन्दै यसले नविललाई पहिलो नम्बरमा राख्न सहयोग गर्ने दावी गरे ।

उनले नविल बैंक आधुनिक प्रविधि प्रयोगमा सधैं अगाडि रहँदै आएको उदाहरण दिँदै अबका दिनमा सुचना प्रविधिमा आधारित रणनीतिबाट बैंकलाई रुपान्तरण गर्दै डिजिटल सेवाहरु दिने र नयाँ ग्राहकहरुलाई आकर्षित गर्न आफूहरु सफल हुने दावी गरेका छन् ।

शाहले लकडाउनको समयमा आफूहरुले डिजि बैंकमा जानको लागि गृहकार्य गर्ने मौका पाएको बताउँदै अहिलेको समयमा डिजिटल रेभोलुशनको मौका छोपिएन भने बैंक दोस्रो नम्बरमा पर्ने चुनौति रहन्छ भन्दै डिजिटल बैंकिङ भविश्य नभएर वर्तमान भइसकेको बताए ।

Advertisement

Advertisement

Advertisement