सनराइज बैंकले एकैदिन सुरु गर्यो ४ शाखा र १ विस्तारित काउन्टर

Advertisement

काठमाडौं । सनराइज बैंकले आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्ने उद्देश्यले शाखा विस्तार गरेको छ । आइतबार बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याले डिजिटल उद्घाटन समारोह मार्फत ४ वटा शाखा र १ विस्तारित काउन्टरकोे उद्घाटन गरेका हुन् ।

कोभिड–१९ का कारण पर्न सक्ने सम्भावित असर एवम् लकडाउनलाई मध्यनजर गर्दै सम्पूर्ण सुरक्षात्मक उपायहरू अवलम्बन गरी शाखा र विस्तारित काउन्टर सञ्चालनमा ल्याइएको छ । नेपाली जन माझ आफ्नो उपस्थितिलाई दरो बनाउन तथा आम नागरिकलाई अत्यावश्यक वित्तीय सेवाको पहुँच बढाउने उद्देश्यका साथ बैंकले कपन, कान्तिपथ, भंगाल, कुमारीगालमा शाखा र हरिसिद्धीमा विस्तारित काउन्टर सुरु गरेको हो ।

कोरोना भाइरस (कोभिड-१९) महामारी फौलिएको र नेपालमा पनि यसको प्रभाव देखिएको परिपेक्षमा बैंकले परिस्थितीको जटिलतालाई मध्यनजर गर्र्दै डिजिटल माध्यम मार्फत उद्घाटन गरेको हो ।

आफ्ना शाखाहरु मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न, सम्पूर्ण बैकिंङ्ग सेवा प्रदान गर्नुका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य बैंकले राखेको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, एटिएम सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ ।

Advertisement

Advertisement

Advertisement