निजी यातायात अनकनाइरहेको बेला साझा सञ्चालन गर्ने तयारी, मास्क लगाए मात्रै चढ्न पाइने

Advertisement

काठमाडौं । लकडाउन र महामारीको मारमा परेका निजी यातायात व्यवसायीहरुले सेवा सुरु गर्न अनकनाइरहेको बेला साझा यातायातले आफ्ना बसहरु सञ्चालन गर्ने तयारी गरेको छ । साझाले सरकारको निर्णयअनुसार सुरक्षा मापदण्ड अपनाएर एक साताभित्रमा आफ्ना बसहरु चलाउने तयारी गरेको छ ।

साझा यातायातका एक सञ्चालक भूषण तुलाधरका अनुसार सेवा सुरु गर्न बसहरु मर्मत सम्भारको काम भइरहेको छ र गाडीका चालक सहचालकहरूलाई पनि बोलाइसकिएको छ । साउन १ गतेदेखि ने सेवा सुचारु गर्ने प्रयास गरिरहेको साझाले चालक र सहचालकहरुलाई सुरक्षा उपकरणहरुको पनि व्यवस्था गर्ने काम भइरहेको जनाइएको छ ।

साझामा बढ्नलाई अनिवार्य मास्क लगाएको हुनुपर्ने छ भने दूरी कायम गरेर मात्रै चढ्ने, ओर्लने र यात्रा गर्नुपर्नेछ । अहिले थोरे बसहरु सडकमा निकालेर विस्तारै संख्या बढाउँदै जाने साझा यातायातले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement