‘जलपरी' गौरिकाले कृषि विकास बैंकमा अनलाइनबाट खोलिन खाता

Advertisement

काठमाडौँ । नेपालकी प्रख्यात पौडिवाज गौरिका सिंहले कृषि विकास बैंकको ठमेल शाखामा अनलाईनबाट खाता खोलेकी छन् । ‘जलपरी’ गौरिकाले विदेशबाट खाता खोली कारोबार गर्ने मनसाय राखेकोमा कृषि विकास बैंकले उनलाई धन्यवाद समेत दिएको छ ।

सरकारी बैंकहरु मध्ये विद्युतीय बैंकिङ्गका सेवा अधिक प्रयोग गरीरहेको कृषि विकास बैंकले हालै अनलाइनबाट खाता खोल्ने प्रणाली संचालनमा ल्याएपछि खाता खोल्ने प्रणाली तथा प्रक्रियामा समेत सरलिकरण भएको छ ।

बैंकको सधै भिडभाड रहने ग्राहक सेवा फाँटमा गई खाता खोल्नु पर्ने झञ्झट तथा कोरोनाको संक्रमणबाट समेत बच्न सकिने भएकोले यो प्रणाली दिन प्रतिदिन लोकप्रिय भइरहेको बैंकले जनाएको छ । असार ५ गतेबाट शुरु भएको अनलाइनबाट खाता खोल्ने प्रविधिमा देश विदेशबाट उत्साहजनक सहभागिता रहेको देखिन्छ ।

कृषि विकास बैंकमा अनलाईनबाटै शुन्य मौज्दातमा खाता खोल्न सकिने

 

 

Advertisement

Advertisement

Advertisement