सुनचाँदीको मूल्य फेरि बढ्यो, आज प्रतितोला कति ?

Advertisement

काठमाडौँ । हिजो घटेको सुनको मूल्य आज फेरि बढेको छ । स्थिर रहेको चाँदीको मूल्य पनि आज बढेको छ । सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार ८ सय ६५ रुपियाँ र चाँदी प्रतितोला ९ सय ९० रुपियाँमा कारोबार भइरहेको छ ।

हिजो भने छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार ६ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ८० रुपियाँमा कारोबार भएको थियो ।

गत शुक्रबार छापावाल सुन प्रतितोला ९२ हजार २ सय रुपियाँ, तेजावी सुन प्रतितोला ९१ हजार ७ सय ६० रुपियाँ र चाँदी प्रतितोला ९ सय ८० रुपियाँमा कारोबार भएको थियो ।

Advertisement

Advertisement

Advertisement