ग्लोकल अफ्टर स्कूल र नेपाल पर्यटन बोर्डले गर्यो हस्पिटालिटी सम्बन्धी अनलाइन प्रशिक्षण

Advertisement

काठमाडौं । नेपाल पर्यटन बोर्डको सहकार्यमा ग्लोकल अफ्टर स्कूलद्वारा सुरक्षा र सरसफाई प्रोटोकल सम्बन्धी प्रशिक्षण सम्पन्न भएको छ । सुरक्षा र सरसफाई प्रोटोकलको बारेमा होटल, ट्राभल एण्ड टुरिज्म उद्योगका सदस्यहरुमा जागरूकता जगाउने उद्देश्यका साथ प्रशिक्षण सञ्चालन गरिएको हो ।

होटल, ट्राभल र टुरिज्म उद्ध्योगका सदस्यहरूलाई सुरक्षा प्रोटोकलको बारेमा जानकारी गराउने लक्ष्यका साथ जुलाई २ तारिख प्रशिक्षण सुरु गरिएको थियो । अहिलेको महामारीको वस्थामा रही कसरी आफ्नो व्यवसायलाई सुरक्षित रुपमा सुचारु गर्न सकिन्छ भन्ने विषयलाई ध्यानमा राखी प्रशिक्षणको सुरुवात गरिएको थियो ।

ग्लोकल अफ्टर स्कूले विभिन्न संस्थाका जस्तै हान, टान, नाट्टा, नारा, रेवान र टीबानका सदस्यहरुलाई प्रदान गरिएको थियो ।

यी उद्योगहरूमा कोभिड(१९ द्वारा सिर्जना गरिएका अवरोधहरूको वास्तविकतासँगै सहभागीहरूलाई सचेत र जानकारी दिन मात्र नभएर उनीहरूको महत्व बुझ्न र प्रोटोकल कार्यान्वयन गर्न सहयोग गर्न तालिमको थालनी गरिएको हो । तालिम नेपालका विभिन्न शहरहरू र संगठनका ५०० भन्दा बढी सहभागीहरूलाई प्रदान गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement