ब्याजदर कम गर्ने उपायको खोजी नै यतिखेरको प्रमुख आवश्यकताः पाण्डे

Advertisement

काठमाडौँ । पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बैंक तथा वित्तीय संस्थाको ब्याजदर कम गर्ने उपायको खोजी नै यतिखेरको प्रमुख आवश्यकता भएको बताएका छन् । अर्थसमितिमा आज आगामी मौद्रिक नीति बारे भएको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

विद्यमान व्याजदरका कारण औद्योगिक व्यवसायसमेत चल्न नसक्ने अवस्थामा रहेको भन्दै उनले कोरोनाका कारण समस्यामा परेका र सङ्कटमा फसेका क्षेत्रले पैसा पाउन सक्छन् कि सक्दैनन् भन्ने विषय नै आजको प्रमुख चासो रहेको स्पष्ट पारे ।

Advertisement

Advertisement

Advertisement