एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट कम्पनीको आईपीओ साउन १६ गतेदेखि

Advertisement

काठमाडौँ । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले साउन १६ गतेदेखि सर्वसाधारणमा ३३ करोड ९८ लाख चार हजार छ सय रुपियाँ बराबरको साधारण शेयर(आईपीओ) निष्काशन तथा विक्रि खुल्ला गर्ने भएको छ ।

रु. १००/– अंकित दरका ३३ लाख ९८ हजार ४६ कित्ता शेयरमध्ये ६७,९६१ कित्ता अर्थात २ प्रतिशत शेयर कर्मचारीहरुको लागि, १,६९,९०२ कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषहरुको लागि सुरक्षित गरी बाँकी रहने ३१ लाख ६० हजार १ सय ८३ कित्ता साधारण शेयरको सार्वजनिक निष्काशन गरिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीको जारी पूँजी एक अर्व तेह्र करोड छब्बिस लाख बयासी हजार एक सय रुपियाँ रहेको छ । जारी पूँजीको ३० प्रतिशत अर्थात रु. ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपियाँ बराबरको शेयर निष्काशन गर्न लागिएको हो ।

Advertisement

Advertisement

Advertisement