सगरमाथा इन्स्योरेन्स कम्पनीको सीईओमा चंकी क्षेत्रीको पदावधि ४ वर्ष थप

Advertisement

काठमाडौँ । सगरमाथा इन्स्योरेन्स कम्पनीको सीईओमा चंकी क्षेत्रीको पदावधि पुनः ४ वर्ष थप भएको छ ।

असार २५ गते बसेको सञ्चालक समितिको बैठकले असार १८ गतेदेखि नै लागु हुने गरी चार वर्षका लागि क्षेत्रीलाई करार सेवामा नियुक्ति गर्ने निर्णय भएको कम्पनी सचिव विश्वनाथ अधिकारीले जनाएका छन् ।

क्षेत्रीको कार्यकाल असार १८ गतेदेखि समाप्त हुने थियो । असार १७ गते बीमा समितिले स्वीकृति दिएपछि सञ्चालक समितिले उनको पदावधि ४ वर्ष थप गर्ने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement