ज्योति पाण्डे फेरि इन्भेष्टमेन्ट बैंकको सीईओ

Advertisement

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा ज्योति पाण्डे पुनः नियुक्त भएका छन् । बैंक सञ्चालक समितिले उनलाई थप चार बर्षका लागि निरन्तरता दिएको हो । उनको कार्यकाल बिहीबार सकिँदै थियो ।

नेपाली सेनादेखि सैन्य सेवामा रहेकाहरुको ठूलो रकम बैंकमा लगानी तथा बचत गराउन सफल भएका पाण्डेले लगानीकर्तालाई हरेक बर्ष राम्रै मुनाफा दिन सफल भएका छन् । व्यवसायिक समूह पाण्डे समूहको लगानी रहेको इन्भेष्टमेन्ट बैंक ज्योति पाण्डेले निकै लामो समय काम गरिसकेका छन् ।

उनले सुरुमा नेपाल राष्ट्र बैंकबाट करियर सुरु गरे पनि एक बर्ष नहुँदै छोडेर बैंकमा जागिर खान थालेका थिए । पाण्डेले तत्कालिन इन्डोस्वेज बैंकबाट सुरु गर्दै तत्कालिन इन्डोसेज बैंक हुँदै हिमालयन बैंकमा काम गरे । इन्डोस्वेज बैंक पाण्डे समूहले किनेपछि बनेको इन्भेष्टमेन्ट बैंकमा उनी आठ बर्षदेखि सीईओको रुपमा कार्यरत छन् ।

Advertisement

Advertisement

Advertisement