परराष्ट्रले हतारिएर विज्ञप्ति निकाल्यो, पहिला अयोध्याबारे यथार्थ खोजी हुनुपथ्र्योः डा. पोखरेल

Advertisement

काठमाडौं । एकजना अनुसन्धानकर्ता एवं विज्ञले अयोध्याबारे खोज र अनुसन्धान नगरी परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी ओलीको भनाईको खण्डन गरेको भन्दै आलोचना गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै राम अयोध्याबारे परराष्ट्र मन्त्रालयको विज्ञप्ति आउनु राम्रो होइन् भन्दै नेपालले एक पटक फेरि गल्ती गरेको तर्क गरेका छन् ।

उनले भनेका छन्, जबर्जस्ती ओलीलाई कमजोर देखाउने प्रयासले गर्दा, घुमाएर नेपालको कार्यकारी प्रमुखको बोलीको महत्व कम पारिएको छ । पोखरेलले लुम्बिनीको सम्बन्धमा अर्थात् बुद्धको जन्म थलोको बारेमा खुलेआम झुटको खेती गरिरहेको भारतसामू राम तथा अयोध्या सम्बन्धमा प्र्रधानमन्त्री ओलीको भनाइ अझै सामान्य हो विश्वको नजरमा । युरोप पुगेर मोदी आफैले बुद्ध इन्डियामा जन्मेका हुन् भनेर खुलेआम घोषणा गरेको धेरै वर्ष भएकै छैन भनेका छन् ।

पोखरेलले आफ्नो रीतिथिति, संस्कृति तथा त्योसंग सम्बन्धित विषयहरूमा ओलीको चासो सही भएको तर्क गर्दै आगामी दिनहरुमा अध्ययन तथा खोजी कार्य बढाउनुपर्ने खाँचो औंल्याएका छन् ।

Advertisement

Advertisement

Advertisement