सिभिल लघुवित्तको सीईओमा विनोद आचार्य नियुक्त

Advertisement

काठमाडौँ । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिृकत(सीईओ)मा विनोद आचार्य नियुक्त भएका छन् ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले साउन १ गतेदेखि लागु हुने गरी कामु प्रमुख कार्यकारी अधिकृत आचार्यलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

यता, फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाका सीईओ भेषराज पन्थीको कार्यकाल समाप्त भएपछि दानराज पन्तलाई कामु सीईओ नियुक्त गरिएको छ ।

सीईओ पन्थीको कार्यकाल आज सकिने भएपछि आजै बसेको सञ्चालक समितिको बैठकले सहायक सीईओ पन्तलाई अर्को व्यवस्था नभएसम्मका लागि सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

Advertisement

Advertisement

Advertisement