नबिल बैंकको वार्षिकोत्सव अफर, कर्जामा विशेष व्याज छुट दिने

Advertisement

काठमाडौँ । कोरोना महामारीलाई मध्यनजर गर्दै, नबिल बैंकले सम्पूर्ण ऋणी ग्राहकहरुको आवश्यकतालाई सहज पर्ने उद्देश्यले ‘३६औँ वार्षिकोत्सव योजना’ ल्याएको छ ।

उक्त योजना अन्तर्गत, बैंकले रिटेल कर्जा (घर कर्जा, धितो कर्जा, व्यक्तिगत ओभरड्राफ्ट) र साना तथा मझौला ब्यवसाय कर्जामा विशेष व्याज छुट दिने भएको हो ।

घर कर्जामा ७.९९%, धितो कर्जामा ८.४९%, व्यक्तिगत ओभरड्राफ्टमा ८.४९%, साना तथा मझौला कर्जामा ७.९९% ब्याज लिने भएको हो ।

सिमित समयको लागि बैंकले ल्याएको विशेष छुट वार्षिकोत्सव योजनाको प्रक्रिया सबै शाखाहरुबाट अगाडी बढाउन सकिनेछ । यस योजनाबाट रिटेल र साना तथा मझौला ब्यवसायका ग्राहकहरुलाई केहि सहायता पुग्ने बैंकले विश्वास गरेको छ ।

Advertisement

Advertisement

Advertisement