Advertisement

बैतडी । बैतडीको झौलेकमा शुक्रबार बिहान ट्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै गरेको से२त ३६७८ नम्बरको ट्याक्टर जयपृथ्वी राजमार्गको पाटन नगरपालिका–८, झौलेक मोडमा दुर्घटना भएको हो । दुर्घटनामा दुईजनाको म...

बागलुङ । तीन वर्षदेखि पहिरो रोकथामको प्रयास नहुँदा बागलुङको दक्षिण भेग जोड्ने सडक पटक–पटक अवरुद्ध हुँदै आएको छ । पहिरो रोकथामका लागि रु १८ करोडको आयोजना निर्माणको खाका बनाइए पनि बजेट प्राप्त नहुँदा समस्या भएको छ ।    हिउँद होस् वा बर्खा पहिरोका ...

काठमाडौं ।  ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको तीन करोड ६१ लाख अनुदान सहयोगमा खोटाङको रावाबेसी गाउँपालिकास्थित शारदा माध्यमिक विद्यालयको विद्यालय एवं छात्रावास भवन निर्माण भएको छ ।  बिहीबार रावा बेसीमा आयोजित कार्यक्रम...

काठमाडौं । सरकारका मन्त्रीहरूले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा ब्रिफिङ गर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीहरूले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो । राष्ट्रिय सभा अन्तर्गतको...

इलाम । इलाम सदरमुकाममा सेनिटरी प्याड उत्पादन सुरु भएको छ । इलाम नगरपालिकाको आर्थिक सहयोगमा नारी शक्ति नेपालले सञ्चालन गरेको उद्योगबाट दैनिक तीन सय प्याकेट प्याड उत्पादन भइरहेको संस्थाकी सचिव खिनु बस्नेतले जानकारी दिइन् ।  उनले उद्योगमा महिलालाई रोजगारीको व्य...

पर्वत । बढ्दो युवा पलायन, जनशक्तिको अभाव, बाँदर आतङ्कलगायतका कारणले जमिन बाँझो रहने क्रम बढेपछि त्यसलाई रोक्न कुश्मा नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई त्यसतर्फ केन्द्रित गरेको छ । नगरपालिकाले बढी बाँझो जमिन रहेका वडाहरूमा प्रधानमन्त्री रोजगार कार्यक्रममा सूची...

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका–४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो ।  धवलागिरि गाउँपालिका–...

काठमाडौं । सरकारले स्विट्जरल्यान्डका उद्यमी–व्यवसायीलाई नेपालमा लगानीका निम्ति प्रोत्साहित गर्न स्विस सरकारसँग अनुरोध गरेको छ । आगामी महिना यहाँ आयोजना हुने लगानी सम्मेलनमा उनीहरूको सक्रिय सहभागिताका निम्ति प्रोत्साहन गर्न स्वीस सरकारलाई सरकारले अनुरोध गरेको हो...

गण्डकी । एक महिनामा ३० हजार १ सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार ६ सय ६८ र अन्य देशका १५ हजार ५ सय ३१ जना पर्यटकले गत मार्चमा उक्त क्षेत्रको भ्रमण गरेका हुन् । अन्नप...

काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा प्रबन्धलाई सुदृढ र प्रभावकारी बनाउन अध्ययन समितिको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।  मन्त्रालयमा सरोकारवालाबीच भएको छलफलमा गृहमन्त्री लामिछानेले रा...

कैलाली । पैसा कमाउन जागिर गर्नैपर्छ वा विदेश जानुपर्छ भन्ने मान्यतालाई कैलालीको जानकी गाउँपालिका वडा नं ५ का उद्यमी एन्जिल चौधरीले गलत साबित गरेकी छन् । व्यावसायिक च्याउखेतीमा लागेका चौधरीले गाउँमा नमुना किसानको परिचय बताएकी छन् ।  विसं २०७६ मा सुरु गरेको...

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाका ग्रामीण भेगमा उपभोगको म्याद नाघेका खाद्य तथा पेय पदार्थ बिक्री भएको भेटिएपछि तिनलाई जफत गरिएको छ । सोमबार अन्नपूर्ण–६ घार र खिवाङ क्षेत्रका पसलहरूमा गरिएको अनुगमनको क्रममा म्याद नाघेका सामान बिक्री भएको पाइएपछि ती जफत गरि...

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङल्हामू गाउँपालिकाले चालू आर्थिक वर्षको आठ महिनामा पर्यटकबाट ६ करोड ३४ हजार ५ सय राजस्व संकलन गरेको छ । पालिकाले खुम्बुक्षेत्र घुम्न आएका विदेशी पर्यटक प्रवेश शुल्कबाट उक्त राजस्व संकलन गरेको हो । आठ महिना अवधिमा ३१ हजार ७ सय २५ ...

काठमाडौं । राजस्व अनुसन्धान विभागले रु पाँच अर्ब १८ करोड बढी राजस्व छली गरेको आरोप लागेको अमेरिकी सफ्टवेयर कम्पनी कोटीभिटी नेपाल प्रालिको खारेजी प्रक्रिया रोक्न कम्पनी रजिष्ट्रारको कार्यालयमा निवेदन दिएको छ ।  विभागका अनुसन्धान अधिकृत केदार कोइरालाले उक्त कम्पन...

सुर्खेत । भेरी करिडोरअन्तर्गत जाजरकोट–डोल्पा सडकखण्डको ठेक्का लाग्न बाँकी रहेको ६२ किलोमिटर सतह चाँडै छिचोलिने भएको छ । करिडोरको एक सय ११८ किलोमिटरमध्ये ५६ किलोमिटरमा कालेपत्रको काम भइरहेको छ भने तल्लुदेखि दुनैसम्मको ६२ किलोमिटरमा नेपाली सेनाले खोलेको ट्र्याक...

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण गरिएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो ।  पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफ...

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दै आएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्छिन् । परीक्षा सकिएकाले आमा सुशीला, बुवा प्रकाश र २२ महिनाको भाइ सुप्रिम...

बाँके । नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ । नेपालगन्ज भन्सार अधिकृत ध्रुवराज विश्वकर्माका अनुसार यस वर्षको फागुनसम्ममा गत आवभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ ।  गत वर्षको साउनदेखि फागुनसम्ममा रु ११ अर्ब ४३ करोड ६...

बलेवा । छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ ।  नगरमा जन्मेका छोरीहरूको सम्मान र आर्थिक भविष्यका लागि चाल...

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ । तिप्ल्याङ–महभिर–भिरकाटे–बैसरी–रातोपानी–पोखरेबगर– भुरुङ तातोपानी खण्डमा ...

लमजुङ । पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मर्स्याङ्दी गाउँपालिका–४,  श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी थानेश्वर चपाईँले प...

काठमाडौं । काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेल बजार २४सै घण्टा खुला गर्ने निर्णयमा स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन् ।  उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले ठमेल र दरबारमार्गलाई २४सै घण्टा खुला गर्ने तयारी...

महोत्तरी । जलेश्वरका उद्योगी, व्यवसायी र जनप्रतिनिधिहरुले जलेश्वर भन्सार कार्यालयमार्फत सुक्खा बन्दरगाह र तेस्रो मुलुकबाट आयात निर्यात सुविधाको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष ज्ञापन–पत्र बुझाएका छन् । विसं २०२६ मा जलेश्वर नगरपालिका&...

काठमाडौं । सरकारले करको दरमा एकरुपता कायम गर्नका लागि आवश्यक अध्ययन गर्ने भएको छ । प्रदेशहरुमा करको दरमा एकरुपता नभएको पाइएपछि त्यसलाई मिलाउनका लागि आवश्यक अध्ययन गर्न लागिएको हो ।  राष्ट्रिय विकास समस्या समाधान समितिको ५२औँ बैठकपछि बिहीबार आयोजित पत्रकार स...

इटहरी । इटहरीमा जारी १४औं संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङ्गशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जाग...