Advertisement

चितवनको भरतपुर महानगरपालिका–५ समिचोकस्थित नेपाल एग्रोभाइन प्रालिमा व्यावसायिक रुपमा लगाइएको स्ट्रबेरी फार्ममा आफैँ टिपेर खान र फोटो खिच्न आएका सर्वसाधारण । तस्बिरः कृष्ण आचार्य/रासस

फागुपूर्णिमाको दिन आज काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँको टोखा नगरपालिकाले वडा नं ३ स्थित स्थुलिमा सञ्चालन गरेको ढाका बुनाइ सीप विकास तालिममा ढाका बन्दै महिला । तस्बिरः हरिराम भेटुवाल/ रासस

ललितपुरको भैँसीपाटीमा करिब ९६ रोपनी क्षेत्रफलमा निर्माणाधीन सङघीय मन्त्री आवास । सत्ताइस रोपनी १२ आना क्षेत्रफलमा निर्माण भएको प्रदेश प्रमुख र मुख्यमन्त्री आवास निर्माण कार्य सकिएपनि संघीय मन्त्री आवास भने निर्माण भइरहेको छ । तस्बिरः हरि परियार/रासस

प्रमुख पर्यटकीय गन्तव्य सर्वोच्च शिखर सगरमाथा क्षेत्र भ्रमणमा पर्यटक । सिजन सुरु भएसँगै सगरमाथा सहितका हिमशृङ्खला अवलोकनका लागि स्वदेशी तथा विदेसी पर्यटक यहाँ पुग्ने गरेका छन् । तस्बिरः सुवास दर्नाल/रासस

सगरमाथा क्षेत्रमा सामग्री ढुवानी गर्दै याक तथा जोक्पे । यस क्षेत्र सडक सञ्जालले नछोएकाले यहाँका लागि याक तथा जोक्पे नै खाद्यान्नसहितका सामग्री ढुवानीको भरपर्दो मध्यम हो । तस्बिरः सुवास दर्नाल/रासस

काठमाडौँ उपत्यकाको पश्चिममा अवस्थित विश्वसम्पदा सूचीमा सूचीकृत स्वयम्भू महाचैत्य र त्यस वरिपरिको बाक्लो बस्ती । तस्बिरः रत्न श्रेष्ठ/रासस

नेपालगन्जका विभिन्न पाँचवटा स्थानमा ट्राफिक लाइट जडान । माघ २७ गते शनिबार राती गणेशमान चोकमा ट्राफिक लाइट बालेर परीक्षण गरिएको छ । तस्बिरः राकेशकुमार मिश्र/रासस

दाङको घोराही उपमहानगरपालिका घोरदौराका गोविन्द नेपाली आरनमा बनाएका घरेलु औजार श्रीमतीको सहयोगमा ठेलामा राखेर घोराही बजारमा बिक्री गर्न डुलाउँदै । तस्बिरः कुलदीप न्यौपाने/रासस

कालिमाटी फलफुल तथा तरकारी बजारमा व्यापारीले बिक्रीका लागि राखेको तरुल । तस्बिरः हरिराम भेटुवाल/ रासस

काठमाडौँ भृकुटीमण्डपमा नेपाल जग्गा तथा आवास विकास संघले पुस १२ गतेदेखि १५ गतेसम्म चल्ने घर जग्गा मेलामा प्रदर्शनमा राखेका, ‘अपार्टमेन्ट र घरहरुको नमुना’को अवलोकन गर्दै सर्वसाधारण । तस्बिरः हरिराम भेटुवाल/ रासस

माघेसङ्क्रान्ति नजिकिएसँगै काठमाडौँको टोखा नगरपालिका वडा नं ३ स्थित टोखामा बजार पठाउनका लागि चाकु प्याकिङ गर्दै  महिला । टोखा चाकुका लागि प्रख्यात मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/ रासस

म्याग्दीको रघुगङ्गा गाउँपालिका-५ झीँ गाउँमा स्थानीयले थाक्रोमा भण्डारण गरिएको मकै र पृष्ठभूमिमा देखिएको धौलागिरि हिमाल । तस्बिरः कमल खत्री/रासस

काठमाडौं । प्रकृति हुँदैन थियो भने जन्मिनु र रमाउनुको अर्थ हुँदैन थियो । त्यसैले त प्रकृति मानव जीवनका लागि वरदान हो । हरेक मानिसलाई जिउन सिकाउने प्रकृतिको संरक्षण र संवद्र्धन गर्न मानिसले बिर्सिसके ।  तर प्रकृतिले आफ्नो कर्तव्य बिर्सिएको छैन । समायानकुल आफू प...

चितवनको कालिका नगरपालिका–१० पाइमाराङमा किसान रामबहादुर थापाले चराउन राखेका मौरीका घार । चिउरी फुल्ने यो सिजनमा किसानले यस क्षेत्रमा मौरीलाई चराउन लैजाने गरेका छन । तस्बिरः कृष्ण आचार्य/रासस

स्याङ्जाको पुतलीबजार नगरपालिकाको मायाटारीस्थित सिद्धार्थ राजमार्गको किनारमा बिक्रीका लागि राखिएको सुन्तला । जिल्लामा उत्पादन भएको कुल सुन्तलामध्ये राजमार्गका छेउछाउबाट नै करिब १० प्रतिशत बिक्री हुने गरेको छ । तस्विरः तोलाकान्त बगाले/रासस

इलामको सूर्योदय नगरपालिका-३ स्थित लक्की डेरी उद्योगका सञ्चालक तुलु तामाङ आफ्नो उद्योगमा उत्पादित चिज देखाउँदै । पछिल्लो समय बजारमा चिज बिक्री घटेपछि उत्पादित चिज भण्डारण गरेर राख्न परेको उनको भनाई छ । तस्बिरः रामकुमार लिम्बू/ रासस

मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकामा  भएको हिमपात ।  हिउँमा बसेका चौंरी । तस्बिरः नवीन लामिछाने/रासस

ताप्लेजुङको फुङ्लिङ नगरपालिका-१० फुरुम्बुमा गाउँमा अल्लो कपडा उत्पादन गर्नका लागि धागो मिलाउँदै उद्यमी महिला । स्थानीय कच्चा पदर्थको प्रयोगबाट आयस्रोत बढाउनका लागि अहिले यस क्षेत्रमा हिमाली संरक्षण मञ्चको आयोजना, वडा कार्यालयको समन्वय र रेड पाण्ड नेटवक, फुङ्लिङ नगपालिका, ...

सिन्धुलीको गोलन्जर गाउँपालिका–५ स्थित  खनियाखर्कमा बिक्रीका लागि राखिएको जुनार र सुन्तला खरिद गर्दै सर्वसाधारण । जुनारका लागि सिन्धुली प्रख्यात मानिन्छ । तस्बिरः हरिराम भेटुवाल/रासस

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार साँझ अध्ययन तथा रोजगारीका लागि विदेश जाने  युवा र  विद्यार्थीको भीड  । तस्बिरः प्रेमनारायण आचार्य /रासस

पर्यटकीय सहर पोखराको फेवा तालमा देखिएको आन्तरिक पर्यटकको भीड । अहिलेको पर्यटकीय याममा पोखरा र आसपासका गन्तव्यमा पर्यटकको आवागमन बढेको छ । तस्बिरः रामबहादुर थापा/रासस

मुस्ताङको प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिर दर्शन गर्न घोडा चढेर जाँदै गरेका भक्तजन । झारकोटदेखि मुक्तिनाथ मन्दिरमा भक्तजनको सुविधाका लागि ९२ वटा घोडा राखिएको छ । एकपटक घोडा चढेको रु ४००।– शुल्क तोकिएको छ । तस्बिरः सन्तोष गौतम/रासस

दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल । करिब ५०० मिटर लामो उक्त वालको रु. छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदैछ । उक्त ग्रेटवाल शैलुङ डाँडामा आउने आ...

हालै मात्र पश्चिम नेपालको जाजरकोट र रुकुममा गएको भूकम्पमा परी ठूलो जनधनको क्षति भयो । २०७२ सालको भूकम्पलाई मानिसहरुले पूर्णरुपमा बिर्सिन नभ्याउँदै पश्चिम नेपालमा पटक पटक गएका साना ठूला भूकम्पले झन त्रास थपिएको छ ।  २०७२ सालमा गएको भूकम्पबाट क्षति भएका संरचन...