banchare-danda

बञ्चरे डाँडाको पूर्वाधार निर्माणमा ढिलाइ, ठेकेदारको लापरवाही

काठमाडौँ । ठेकेदारको लापरवाही कारण वञ्चरे डाँडामा निर्माण भइरहेको स्यानिटरी ल्याण्डफिल्ड साइट निर्धारित समयमै प्रयोग गर्न नसकिने भएको छ । काठमाडौँ महानगरपालिकाले मंगलबार आयोजना गरेको सरोकालवासँगको छलफलमा निर्माणका लागि तोकिएको समय तीन महिनामात्र बाँकी हुँदा ३० प्रतिशत मात्र काम भएको जानकारी दिइयो ।

Bhaktapur-police

सूर्यविनायक नगरपालिकामा जनसहयोगबाट ट्राफिक प्रहरी भवन निर्माण

भक्तपुर । सूर्यविनायक नगरपालिका–६ कटुञ्जेमा महानगरीय ट्राफिक प्रहरी कार्यालय भवन निर्माण सम्पन्न भएको छ । साँघुरो भाडाको घरमा बस्दै आएका ट्राफिक प्रहरीलाई सुविधासम्पन्न भूकम्प प्रतिरोधी आफ्नै भवन पाएपछि कार्यालय सञ्चालनदेखि ब्यारेकको बसाइ सहज हुने भएको छ । कूल १३ आना जग्गामा करिब रु

ranipokhari1

कहाँ पुग्यो रानीपोखरीको पुनर्निर्माण ? (फोटो फिचरसहित)

काठमाडौं । काठमाडौंको मुटुमा रहेको ऐतिहासिक सम्पदा रानीपोखरीको पुनर्निर्माणको काम ६० प्रतिशत सम्पन्न भइसकेको छ । लामो समयदेखि विवादित बन्दै आएको रानीपोखरी पुनर्निर्माण भूकम्प गएको झन्डै चार वर्षपछि अर्थात् २०७६ असोज २२ गतेदेखि  सुरु भएको हो । आगामी वर्षको जेठ मसान्तसम्ममा पुनर्निर्माण सम्पन्न

bridge

बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुलको निर्माण कार्य अन्तिम चरणमा

बलेवा । बागलुङ–पर्वत जोड्ने एशियाकै लामो झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा पुगेको छ । गत वर्ष चैतबाट शुरु भएको बागलुङ नगरपालिका–१ रामरेखा र कुश्मा नगरपालिका–१ पाङ अदुवाबारी जोड्ने ५६७ मिटरको झोलुङ्गे पुलमा स्टिल डिक ९फ्याल० बिछ्याउने काम शुरु भएको छ । पुललाई आवश्यक

jagdamba-stall

‘भूकम्प सुरक्षा प्रदर्शनी – २०७६’ मा जगदम्बा सिमेन्टको सहकार्य

काठमाडौं । विश्वका भूकम्पीय जोखिमयुक्त देशहरूमध्ये नेपाल पनि एक हो । नेपालमा विभिन्न कालखण्डमा शक्तिशाली भूकम्पहरू गइरहेको कुरा तथ्यांकले देखाएको छ । २०७२ वैशाख १२ गतेको महाभूकम्पपछि आमजनताहरूमा भूकम्पप्रतिको सजगता अझै बढ्दै गइरहेको छ । यसै सिलसिलामा नेपाल सरकार तथा एनसेट नेपाल (नेशनल

sukkha bandargaha

सुक्खा बन्दरगाह निर्माणको आशा नौ वर्षको पर्खाइपछि फेरि पलायो

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल–भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अगाडि बढ्ने भएको छ । झण्डै नौ वर्षको पर्खाइपछि बन्दरगाह निर्माणको काम अघि बढ्ने भएको हो । बन्दरगाह निर्माणका लागि बोलपत्र आह्वान भइसकेको सङ्घीय आयोजना कार्यान्वयन एकाइ नेपालगञ्जका इञ्जिनीयर

वर्षाका कारण

भक्तपुरमा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा नष्ट, नौ करोडको क्षति

भक्तपुर । लगातार दुई दिन परेको वर्षाले भक्तपुरका ६२ इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका लाखौँ इँटा नष्ट भएका छन् । लगातार २४ घण्टा परेको वर्षाका कारण यहाँका इँटाभट्टामा पोल्न तयारी अवस्थामा राखिएका ८० प्रतिशत इँटा पूर्णरुपमा नष्ट भएका भक्तपुर इँटा व्यवसायी सङ्घका अध्यक्ष

kasthmandap

काष्ठमण्डप पुनःनिर्माणका लागि काठ ल्याउन समस्या, १९ करोड खर्चमा तीन वर्षभित्र सक्ने लक्ष्य

काठमाडौं । पाँच दिनदेखि नियमित पानी परेपछि काष्ठमण्डप पुनःनिर्माणका लागि अभाव भएको आवश्यक काठ ल्याउन समस्या भएको छ । निर्माणका क्रममा काठको अभाव भएपछि ८ हजार क्युफिट काठ धनगढीबाट ल्याइने तयारी भएको थियो । अगुप भएको काठ गत पुस १५ सम्ममा ल्याइने तयारी

दुई स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने, पूर्वाधार निर्माणका गर्न एक करोड ८४ लाख विनियोजन

गलकोट । बागलुङ जिल्लाका दुई स्थानीय तहमा औद्योगिकग्राम स्थापना हुने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलले आवश्यक पूर्वाधार निर्माणका गर्न रु एक करोड ८४ लाख विनियोजन भएको छ । जिल्लाको बागलुङ नगरपालिका र ताराखोला गाउँपालिका छनोटमा परेका थिए । औद्योगिकग्रामभित्र उद्योग

sand_mining-river

नियमविपरित क्रसर सञ्चालन, दर्तादेखि सञ्चालनसम्म सेटिङ

जनकपुरधाम । २०७५ सालमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोली टाँसिएरै पूर्वपट्टि संकटमोचन ढुंगा–रोडा उद्योग (क्रसर)लाई दर्ता अनुमति दियो । विद्यालयको पश्चिमपट्टि घना बस्ती छ । क्रसर मेसिन चलेका बेला उद्योगको धुलोले बस्ती र

‘भवन निर्माण मापदण्ड लागू नगरे खतरा’

ललितपुर । निजी निवास निर्माणमा अझै ध्यान नदिए पुनः जोखिम निम्तिन सक्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६’ मा उनीहरुले महानगरपालिकाले लागू गरेको नियमानुसारको घर बनाउन आग्रह गरे ।

पश्चिम नवलपरासीमा औद्योगिक करिडोर स्थापना गर्न थालियो अध्ययन

परासी । पश्चिम नवलपरासीमा औद्योगिक करिडोर स्थापना गर्न सम्भाव्यता अध्ययन थालिएको छ । लगानीकर्ताको माग र चाहनालाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालयले करिडोर अध्ययन अगाडि बढाएको हो । पूर्वसचिव मधु रेग्मी सहितको विज्ञ टोली गठन गरिएको छ । जिल्लाको भूमही–भैरहवा, महेशपुर–सुनवल,