जीडीपीमा उद्योग क्षेत्रको योगदान ५ प्रतिशतभन्दा तल

औद्योगिक क्षेत्र स्थापनामा ढिलाई, अझैसम्म जग्गाको टुङ्गो लागेन

सुर्खेत । जग्गाको टुङ्गो नलाग्दा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापनामा ढिलाइ भएको छ । यसअघि छनौट गरिएका स्थानहरु उपयुक्त नभएपछि नयाँ स्थानको सम्भाव्यता अध्ययन शुरु गरिएको छ । सङ्घीय सरकारको सहयोगमा सुर्खेतमा स्थापना हुने प्रादेशिक औद्योगिक क्षेत्रका लागि पुनः नयाँ स्थानका लागि प्रारम्भिक सम्भाव्यता

chundhunga-khani

हिमाली भेगमा खानी अलपत्र, उत्खनन र संरक्षणको अभाव

गलेश्वर । हिमाली जिल्ला म्याग्दीका उपल्लो भेगमा रहेका तामा, स्लेट, खरी र चुनढुङ्गालगायतका बहुमूल्य खानी उत्खनन र संरक्षणको अभावमा अलपत्र परेका छन् । म्याग्दी, कालीगण्डकी र रघुगंगा नदीको बहाव क्षेत्र वरपर तथा जिल्लाको उपल्लो भेगमा वर्षौं पहिले उत्खनन गरेर विभिन्न कारणले बन्द भएका

विद्युत् बक्यौता ३३ करोड, ग्राहकको लाइन काट्न निर्देशन

अत्तरिया । नेपाल विद्युत् प्राधिकरण प्रादेशिक कार्यालय अत्तरियाले रु ३३ करोडभन्दा बढी विद्युत् महसुल उठाउन बाँकी रहेको छ । कार्यालयले दिएको जानकारीअनुसार गत आव २०७५÷७६ सम्मको मात्रै रु ३३ करोड सात लाख महसुल उठाउन बाँकी रहको हो । प्रदेशमा सडक बत्तीबापत रु नौ

विद्युत प्राधिकरण

तीनवर्ष अघिसम्म विद्युत् कटौति गर्ने सूचना, अहिले खपत बढाउन आग्रह

काठमाडौं । तीन वर्षपहिले विद्युतभार कटौतीको सूचना निकालेर बस्ने नेपाल विद्युत् प्राधिकरण अब भने विद्युत् खपत बढाउनका लागि आम उपभोक्तालाई आग्रह गर्ने अवस्थामा आइपुगेको छ । प्राधिकरणको प्रणालीमा उपलब्ध भएको विद्युत् खपतको मात्रा नबढेपछि आम उपभोक्तालाई विद्युतीय (इन्डक्शन) चुल्हो प्रयोगका लागि आग्रह गर्न

Soltiee-hotel

सोल्टी होटलको नाफा घट्यो

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सोल्टी होटलले दुई करोड ९५ लाख रुपियाँ नाफा कमाएको छ । होटलले गत आर्थिक वर्षको यस अवधिमा होटलले पाँच करोड ८१ लाख नाफा कमाएको थियो । यो नाफा अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासको तुलनामा ४९ प्रतिशतले

uniglobe_corporate

युनिग्लोव कलेजमा ‘कर्पोरेट प्लेसमेन्ट’ मेला, झण्डै दु्ई दर्जन कर्पोरेट हाउस सहभागी

काठमाडौं । नयाँ बानेश्वरस्थित युनिग्लोव कलेज परिसरमा शुक्रबार कर्पोरेट प्लेसमेन्ट मेला आयोजना गरियो । विभिन्न संघसंस्थाको उपस्थितिमा उक्त मेला सम्पन्न भएको हो । कार्यक्रममा व्यवस्थापन संकायका एमवीए (फाइनान्स), एमवीए, वीवीए र वीवीए–वीआई कार्यक्रमका हालै उत्रिर्ण छात्रछात्रा गरी सय जना सहभागी थिए । कार्यक्रममा

trans line

बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या हट्यो

गलकोट । बागलुङमा लामो समयदेखि अनियमित विद्युत् कटौतीको समस्या समाधान भएको छ । देशमा लोडसेडिङको अन्त्य भएको दुई वर्षभन्दा बढी बित्दासमेत बागलुङमा अनियमित विद्युत् आपूर्ति हुँदा जनता हैरान भएको सन्दर्भमा सवस्टेशनको क्षमता विस्तारसँगै समस्या समाधान भएको हो । विद्युत्को मागभन्दा सवस्टेशनको भारवाहन क्षमता

जोमसोम-कोरला सडक तीन दिन बन्द हुने, किन ?

ठिनी । राष्ट्रिय गौरवको कालिगण्डकी करिडोर सडक आयोजनाअन्तर्गत मुस्ताङको जोमसोम–कोरला सडक तीन दिन बन्द गरिने भएको छ । जोमसोम–कोरला निर्माणाधीन सडकको तेस्रो प्याकेजमा पर्ने समरको भिरदेखि झोखोलासम्मको सडक फराकिलो बनाउन मङ्सिर ५ देखि ७ गतेसम्म सवारी आवतजावत बन्द गर्न लागिएको हो । प्रमुख

goodwill_ambassador_for_japan

सत्ताइस वर्षमा ४० पटक नेपाल आएका समाजसेवी इसोइका जापानका लागि भ्रमण वर्षको दूत नियुक्त

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० मा जापानका लागि नेपालमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएका गिनिज बुक अफ दी वल्र्ड रेकर्डमा नाम लेखाइसकेका हिरोमी इसोइकालाई सद्भावना दूत नियूक्त गरिएको छ । काठमाडौंमा शनिबार एक कार्यक्रमको आयोजना गरी भ्रमण वर्षका संयोजक सुरज वैद्यले

खोटाङमा महसुल उठाउन लाइन काट्दै विद्युत् धिकरण

खोटाङ । नेपाल विद्युत् प्राधिकरण दिक्तेल वितरण केन्द्रले लामो समस्यसम्म महसुल नतिर्ने ग्राहकको लाइन काट्न थालेको छ । बाँकी रहेको महसुल तिर्न सूचना प्रवाह गर्दासमेत बेवास्ता गर्ने ग्राहकको तिहारपछि तीव्रगतिमा लाइन काट्न शुरु गरेको हो । गत वर्षको मङ्सिरदेखि नै बक्यौता नतिर्ने ग्राहकको

उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्यो, तीन महिनामा एक हजार ४७९ दर्ता

तनहुँ । घरेलु तथा साना उद्योग कार्यालयमा उद्योग दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको छ । आन्तरिक राजश्व कार्यालयले पान नम्बर लिन अनिवार्य रूपमा घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्नुपर्ने प्रावधान ल्याएसँगै उद्योग दर्ता गर्नेको सङ्ख्या ह्वात्तै बढेको हो । करिब साढे तीन

बाजुरामा एक सातादेखि टेलिफोन सेवा अवरुद्ध

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ । नेपाल टेलिकमको टावर एक सातादेखि बिगिंदा टेलिफोन सेवा अवरुद्ध भएपछि सेवाग्राही मर्कामा परेका छन् । यसअघि नियमित सञ्चालनमा रहेको टावर एकाएक बन्द भएपछि फोन सम्पर्कविहीन हुनु परेको