छ्याङ्दी हाइड्रोपावरको नाफा २५ लाख ३२ हजार, प्रतिशेयर आम्दानी ३ रुपियाँ ७८ पैसा

Advertisement

काठमाडौं । छ्याङ्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा एक करोड २ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । यो गत वर्षको तुलनामा २५ लाख ३२ हजार अर्थात् ३३.०२ प्रतिशतले बढी हो । गत वर्षको यसै अवधिमा हाइड्रोले ७६ लाख ६७ हजार खुद नाफा आर्जन गरेको थियो ।

हाइड्रोको विद्युत विक्री मार्फतको आम्दानी भने ७ लाख ९ हजार अर्थात् २.१५ प्रतिशतले घटेको छ । गत वर्ष विद्युत बेचेर ३ करोड २९ लाख आम्दानी गरेको हाइड्रोले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विद्युत बेचेर ३ करोड २२ लाख रुपियाँ मात्र आम्दानी गरेको छ ।

हाइड्रोले यस अवधिमा सञ्चालन खर्च २० लाख ९९ हजार रुपियाँबाट १६ लाख ६३ हजारमा र प्रशासनिक खर्च ४३ लाख ७१ हजारबाट ३५ लाख ४० हजामा व्यवस्थापन गरेको छ । विद्युत विक्री घटेपनि सञ्चालन खर्च र प्रशासनिक खर्चमा व्यवस्थापन गरेकाले हाइड्रोको नाफामा सुधार भएको देखिन्छ ।

प्रतिशेयर आम्दानी ३ रुपियाँ ७८ पैसा रहेको हाइड्रोको प्रतिशेयर नेटवर्थ १०६ रुपियाँ ३७ पैसा र मूल्य आम्दानी अनुपात २६.७३ गुणा बढी छ ।

कम्पनीले २७ करोडको चुक्ता पूँजी स्थिर राखेको हाइड्रोले जगेडा कोषमा ११५.३१ प्रतिशतले सुधार गर्दै एक करोड ७१ लाख रुपैयाँ सञ्चित गरेको जानकारी दिएको छ ।

Advertisement

Advertisement

Advertisement