राष्ट्रिय बीमा कम्पनीको नाफा दोब्बरले गिरावट

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  यस अवधिमा कम्पनीले खुद नाफामा घाटा खाएको छ। यस त्रैमासमा कम्पनीको नाफा दोब्बरले १६ करोड ८४ लाख ५९ हजार मात्रै नाफा कमाएको छ।

कम्पनीले गत वर्षको सोहि अवधिमा  ३७ करोड २५ लाख ४ हजार रुपियाँ आर्जन गरेको थियो। गत वर्षको तुलनामा ५४ दशमलव ६९ प्रतिशतले घटेको हो।

गत वर्षको यसै अवधिमा ५७ लाख २९ हजार रुपियाँ आयकर भुक्तानी गरेको कम्पनीले यस अवधिमा ७ करोड १७ लाख  रुपियाँ बढी भुक्तानी गरेको छ । आयकर धेरै भुक्तानी गरेपछि कम्पनीको खुद नाफा २० करोड ४० लाख  रुपियाँले  घटेको छ ।

कम्पनीले २५ करोड ६७ लाख २५ हजार  रुपियाँ खुद बिमा शुल्क आर्जन गरेको छ । पुनर्बिमा कमिसनबाट १२ करोड ६४ लाख २९ हजार  रुपियाँ आम्दानी भएको छ । दोस्रो त्रैमाससम्म कुल ४ करोड ४ लाख ९० हजार  रुपियाँ बराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार  रुपियाँ पुगेको छ ।यसको जगेडा  कोषमा दुई अर्ब १५ करोड ४८ लाख ८० हजार  रुपियाँ छ ।

राष्ट्रिय बिमा कम्पनीको प्रतिसेयर आम्दानी एक सय २६  रुपियाँ ३५ पैसा र प्रतिसेयर नेटवर्थ नौं सय आठ  रुपियाँ १६ पैसा छ ।

Advertisement

Advertisement

Advertisement