सर्वोच्चका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा

Advertisement

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले मंगलबार पदबाट राजीनामा दिएका छन् । प्रधान न्यायाधीशमा चोलेन्द्र शम्शेर राणा नियुक्त भएपछि सर्वोच्च अदालतमा हाजिर गर्ने बाहेक अन्य भूमिका नपाएका जोशीले राजीनामा दिएका हुन्।

राणाभन्दा अगाडि प्रधान न्यायाधीशमा जोशीको नाम सिफारिस भएको थियो जसलाई संसदीय सुनुवाइ विशेष समितिले अस्वीकार गरेको थियो। सुनुवाइ समितिबाट अस्वीकृत भए पनि न्यायाधीश जोशी सर्वोच्च आउन छाडेका थिएनन्। न्याय सम्पादनमा उनी सक्रिय नै रहेका थिए। तर, चोलेन्द्र शम्शेर जबरा प्रधान न्यायाधीशमा नियुक्त भएसँगै उनलाई न्याय सम्पादनबाट अलग्याइएको थियो। संसदीय समितिको सर्वोच्चतालाई आधार मान्दै नव नियुक्त प्रधान न्यायाधीशले उनलाई कुटनीतिक शैलीमा राजीनामाको बाटो देखाइसकेका थिए।

प्रधानन्यायाधीश नियुक्तिका लागि शिफारिस भएर पनि उनको नामलाई संसदीय सुनवाई समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो ।

उनले प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।

प्रधानन्यायाधीशमा अस्वीकृत भएपछि उनी लामो समय घरमा बिदा लिएर बसेका थिए र ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि सर्वोच्च फर्किएका थिए ।

तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायपरिषदका सचिवले पदमुक्त गरेपछि जोशी कायम मुकायम प्रधानन्यायाधीशसमेत बनेका थिए ।

Advertisement

Advertisement

Advertisement