भीभोको भी१५प्रो नेपाली बजारमा, मूल्य करिब ५३ हजार पर्ने

Advertisement

काठमाडौं । भीभोले भी सिरिजको नयाँ स्मार्टफोन भी१५प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ ।

भीभो भी१५प्रो पहिलो मोडल हो जसमा एलेभेटिंग फ्रन्ट क्यामरा प्रयोग गरिएको छ । भी सिरीजको यो फोनमा आर्टि्फिसियल इन्टेलिजेन्स रहेको इन्टेलिजेन्स पर्सनल असिस्ट्यान्टका साथमा फूल स्क्रीन स्मार्टफोन ल्याएको हो ।

यस फोनमा उच्च स्तरका प्रविधिहरु तथा फीचरहरु राखिएको छ । एलेभेटिंग फ्रन्ट क्यामराका अतिरिक्त भी१५प्रोमा एआई ट्रिपल क्यामरा सेटअप रहेको छ भने इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग समेत राखिएको कम्पनीले जनाएको छ ।

भीभो नेपालका ब्राण्ड प्रमुख पेङ्गदाले भने, ‘भीभो भी१५प्रो ग्राहकहरुको दैनिक जिवनलाई सहज बनाउन ल्याएको यो फोनमा उद्योगकै पहिलो एलेभेटिंग फ्रन्ट क्यामराले फोनमा बेजेललेस डिस्प्ले रहेको छ । भीभो भी१५प्रोमा ठूलो डिस्प्ले रहेको छ जसलाई एलेभेटिंग फ्रन्ट क्यामराले गर्दा सहज हुनेछ ।

यो स्मार्टफोनमा सेल्फीका लागि ३२ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एलेभेटिंग क्यामरा पहिलो पटक मोबाइल वल्र्ड कंग्रेसमा पहिलो पटक नेक्समा प्रदर्शन गरिएको थियो । भीभो भी१५प्रोमा ९१ दशमलव ६४ प्रतिशत स्क्रीन टू बडि रेसियो रहेको छ जसले गेमिङ र भिडियो हेर्नका लागि सहजता प्रदान गर्दछ ।यसमा ६ दशमलव ३९ इन्चको सूपर एमोलेड अल्ट्रा फूलभ्यू डिस्प्ले प्रयोग गरिएको छ, जसमा १९ दशमलव ५ः९ एस्पेक्ट रेसियो रहेको छ ।

ट्रिपल रियर क्यामरा
एआई ट्रिपल क्यामराका साथमा भी१५प्रोद्धारा उत्कृष्ट फोटो खिच्न सकिन्छ । भीभो भी१५प्रोमा स्पष्ट र गुणस्तरिय फोटो खिच्नका लागि एआईका साथमा ट्रिपल क्यामरा राखिएको छ । जून यसमा भएको ४८ मिलियन क्वाड पिक्सेल सेन्सरका कारणले सफल भएको हो । यसका साथै ८ मेगापिक्सेलको वाईड एंगल र ५ मेगापिक्सेलको डेप्थ क्यामरा रहेको छ । फोर ईन वान पिक्सेल प्रविधि राखिएको मुख्य क्यामराले उच्च गुणस्तरको १२ मेगापिक्सेलको फोटो खिच्न सकिनेछ भने अँध्यारोमा पनि उत्कृष्ट फोटो खिच्न सकिन्छ । यसको वाईड एंगर क्यामराले १२० डिग्रीसम्मको फोटो खिच्न सकिने छ ।

फोटोग्राफीका लागि यसमा एआई फेस ब्यूटि, एआई पोर्टेट फ्रेमिंग जस्ता फीचर छन् । अल न्यू एआई सूपर नाइट मोडले रातीको समयमा लिईने फोटोहरु ट्राइपोड बिना नै डिएसएलआरको जस्तै गुणस्तरमा खिच्न सकिन्छ । यसले गर्दा फरक एक्सपोजरमा पनि अनेकौं फोटोहरु लिन सकिन्छ । यसमा एआई बडि सेपिंग फीचर पनि राखिएकोछ ।

इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि
भीभो भी १५प्रोमा इन डिस्प्ले फिंगरप्रिन्ट स्क्यानिंग प्रविधि प्रयोग गरिएको छ, जून यसको पाचाँै पुस्ताको नविनतम प्रविधि हो । अधिकतम फिंगरप्रिन्ट पिक्सेल डेन्सिटी र सोफिस्टिकेटेड अल्गोरिदमकाका साथमा यसले प्रयोगकर्ताहरुलाई थप सुरक्षा र सहजताका साथ आफ्नो फोनहरु अनलक गर्न सहयोगी हुन्छ । भीभोको एआई प्रविधि शक्तिशाली जोभीका साथमा अझ अगाडि बढेको छ । यो पर्सनल असिस्ट्यान्टले तपाईँको आवश्यकता र चाहनालाई बुझेर सहयोग गर्दछ ।

नविनतम प्रविधिका साथमा नयाँ फीचरहरु
एआई पावर अन गर्नका लागि भी१५प्रोको साइडमा भएको नयाँ स्मार्ट बटन प्रयोग गरे पुग्छ । एक क्लिकमा गूगल असिस्ट्यान्ट, दुई क्लिकमा जोभी इमेज रिकोग्नाइजर प्रयोग गर्न सकिन्छ । भी१५प्रोमा गूगलसँगको सहकार्यमा तयार पारिएको भ्वाइस कमाण्ड पनि राखिएको छ जसले तपाईँको आवश्यकताअनुसारको जवाफ दिन्छ । यसका साथै एआई फेस ब्यूटी, फोन मेमोरी क्लिनअप, खोजी लगायतका कार्य कमाण्डबाटै नै गर्न सकिन्छ ।

गेम मोड ५ दशमलव ०
भी१५प्रोमा भएको अपग्रेड गरिएको गेम मोड ५.० लाई गेमरहरुले मनपराउने छन् । यसमा कम्पिटिसन मोड राखिएको छ, जसले गेम परफर्मेन्सका लागि ड्यूल टर्बोका साथमा फोनको सिस्टम छुट्याउँछ, जसले गर्दा सहजरुपमा गेम खेल्न सकिन्छ ।

भीभो भी१५प्रोमा क्वालकम स्न्यापड्रागन ६७५एआई अक्टा कोर प्रोसेसर राखिएकोछ । यो फोन ६जीबी र ८ जीबी र्याम अप्सनमा आउँछ भने यसको आन्तरिक स्टोरेज १२८ जीबी रहेको छ ।

भीभो भी१५प्रो नेपाली बजारमा टोपाज ब्लू कलर अप्सनमा उपलब्ध छ, जसको हाल प्रिअर्डर फागुन २४ गतेदेखि शुरु भएको छ । यो स्मार्टफोनको अधिकतम बजार मूल्य ५२ हजार चार सय ९० रुपियाँ तोकिएको छ ।

Advertisement

Advertisement

Advertisement