अरुण तेस्रोलाई स्टेट बैंक अफ इन्डिया सहित तीन वाणिज्य बैंकको लगानी जुट्यो

Advertisement

काठमाडौं । भारतीय कम्पनी सतलज जलविद्युत निगमले निर्माण गरिरहेको ९ सय मेगावाटको अरुण तेस्रोमा लगानी जुटेको छ । महत्वपुर्ण जलविद्युत परियोजना मानिएको अरुण तेस्रोमा जुटेको लगानी सम्मेलनमा भएको ठूलो लगानीसम्बन्धी सम्झौता हो ।

शनिबार सम्पन्न भएको लगानी सम्मेलनका क्रममा तीन बैंकले लगानी प्रतिवद्धता जनाएका हुन् । स्टेड बैंक अफ इण्डियाले ६ हजार ५६० करोड, एभरेष्ट बैंकले ८१२.६१ करोड र नविल बैंकले ४८७.५८ करोड ऋण दिने छन् । आयोजनाको कूल लागत १ हजार २२८.८५ करोड बराबर  ऋण दिने छन् ।

कूल ९०० मेगावाट क्षमताको सो आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ । आयोजनाको कूल लागत एक खर्ब १४ अर्ब बराबर रहेको छ । लगानी बोर्ड र आयोजनाको प्रवद्र्धक सतजल विद्युत निगमबीच सन् २०१४ मा नै परियोजना विकास सम्झौता भएको थियो। सोही सम्झौताका आधारमा प्रवद्र्धक कम्पनीले सङ्खुवासभामा आयोजना निर्माण गरिरहेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले गत वैशाखमा आयोजनाको शिलान्यास गरेका थिए । आयोजनाको १५ प्रतिशत भौतिक निर्माण पूरा भएको छ ।

जलप्रवाहमा आधारित आयोजना सार्वजनिक–निजी साझेदारीअन्तर्गत निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण (बुट) प्रणालीमा अगाडि बढाइएको हो । सम्झौताअनुसार आयोजनाबाट नेपालले १९७ मेगावाट विद्युत् निःशुल्क पाउनेछ । बाँकी बिजुली कम्पनीले भारत निर्यात गर्नेछ। आयोजनाबाट नेपालले कूल एक खर्ब ६ अर्ब रुपियाँभन्दा बढी रोयल्टी पाउने र ७७ अर्ब बढी राजश्व पाउने बोर्डको आँकलन छ ।

आयोजना सञ्चालनमा आएको २५ वर्षपछि पूर्ण सञ्चालित अवस्थामा नै निर्माणकर्ता कम्पनीले नेपाल सरकारलाई आयोजना हस्तान्तरण गर्नुपर्नेछ ।

Advertisement

Advertisement

Advertisement