माछापुच्छ्रे बैंकको एकै पटक ८ वटा शाखा रहित बैंकिङ सेवा सञ्चालनमा

Advertisement

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले कास्कीमा आठ वटा शाखा रहित बैंकिङ सेवा एकैपटक संचालनमा ल्याएको छ । बैंकले मादी गाउँ पालिकाको टाङटिङ, थक, तापराङ, चितेपानी, तारकाङ, मिजुरेडाँडा, थुम्सिकोट, र सैमराङ मा ८शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगमा बैंकले आफ्ना ग्राहक सेवा केन्द्रहरु मार्फत अत्याधुनिक बैकिङ्ग सेवा पुर्याइरहेको जानएको छ । माछापुछ्रे बैंक लिमिटेडको हालसम्म ७३ वटा शाखा रहित बैंकिङ सेवा सुचारु रहेको जनाएको छ ।

बैंकले ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी, साथै कर्जा आवेदन गर्न सकिने सुविधाको समेत व्यवस्था गरेको छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।

Advertisement

Advertisement

Advertisement