मोतियाबिन्दु अपरेशनका लागि नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

Advertisement

काठमाडौं ।सिद्धार्थ बैंकले एक सय ५० जना मोतिया बिन्दु रोगीहरुको उपचारका लागि आर्थिक सहयोग गरेको छ ।

बैंकले नेपाल आँखा अस्पतालको ४५ औं वार्षिकोत्सवको उपलक्ष्यमा नेपाल आँखा अस्पताल त्रिपूरेश्वरलाई एक सय ५० जना मोतिया बिन्दु रोगीहरुको उपचारका लागि आर्थिक सहयोग स्वरुप तीन लाख ७५ हजार रुपियाँ प्रदान गरेको हो ।

आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यक्रमहरुमा निरन्तर सहभागिता जनाउँदै जाने योजना रहेको बैंकले जानकारी गराएको छ ।

Advertisement

Advertisement

Advertisement