भाषण गर्दागर्दै एक जनाले कालो झण्डा देखाएपछि रोकिए ओली

Advertisement

बुटवल । प्रधानमन्त्री केपी ओलीलाई भाषण गर्दागर्दै एक जनाले कालो झण्डा देखाएर विरोध जनाएका छन् । कडा सुरक्षाबीच आयोजित जितगढी महोत्सव उदघाटन समारोहमा प्रधानमन्त्री ओलीले सम्बोधन सुरु गरेपछि बुटवलकै एक युवाले कालोझण्डा देखाएका हुन् ।

कायक्रमस्थलमा तीन तहको सुरक्षा व्यवस्था थियो । कडा सुरक्षा हुँदाहुँदै दशक दिर्घाबाट एक युवा कालो झण्डा देखाउँदै अघि बढेपछि ओली रोकिएका थिए । तत्कालै प्रहरीले कालो झण्डा देखाउनेलाई पक्राउ गरेको थियो । ओलीलाई कालो झण्डा देखाउने बुटवल ११ मजुवाका रुद्रमणी घिमिरे रहेको इलाका प्रहरी कार्यायल बुटवलले जनाएको छ ।

घिमिरेले ‘मेरो देश प्राण भन्दा प्यारो छ, उजिर सिंह जिन्दाबाद’ भन्दै कालो झण्डासहित अघि बढेका थिए । उनी पक्राउ परेपछि ओली मुस्कुराउँदै भोषण सुचारु गरेका थिए ।

Advertisement

Advertisement

Advertisement