नयाँ बजेटप्रति लगानीकर्ता खुशी, तर बजारमा दोहोरो अंकको गिरावट आज पनि रोकिएन्

Advertisement

काठमाडौं । नयाँ बजेटप्रति लगानीकर्ता खुशी भएको अवस्थामा पनि सेयर बजारमा उच्च गिरावट जारी रह्यो । सेयर बजार परिसुचक नेप्से सोमबार पनि दोहोरो अंकले घटेर एक हजार तीनसयबाट तल झर्यो ।

आज नेप्से १२ दशमलव ८४ अंकले घटेर एक हजार २९२ दशमलव ८४ कायम भयो भने झण्डै ७० करोड रुपियाँको सेयर कारोबार भयो । बजेटले पुँजीगत लाभकर घटाउनेलगायतका सेयर बजारका कुराहरु गरेपछि लगानीकर्ताका अगुवाहरुले सकारात्मक प्रतिक्रिया दिँदै आएका छन् । धेरैले बजेटका कारण सेयर बजारमा उच्च वृद्धि हुने अपेक्षा गरे पनि आइतबारदेखि नै नेप्से दोहोरो अंकले घटेको छ ।

कतिपय विश्लेषकहरुले भने बजारमा तरलता संकुचनसँग बैंकहरुमा लगानीयोग्य पुँजीको अभाव हुनु र कम्पनीहरुको सेयर मूल्यमा देखिएको अस्थिरता जस्ता कुराको असर बजारमा देखिएको बताउँछन् । आज कुनै पनि समूहका उपसुचकहरुमा सुधार आउन सकेन् । एनआइसी एसियाका बारेमा विभिन्न खाले समाचारहरु आउँदा उक्त कम्पनीको सेयर बेच्नेहरु धेरै भए । आज सो बैंकको नौ करोडभन्दा बढिको कारोबार भयो । दोस्रोमा धेरै कारोबार गर्ने शिवम सिमेन्ट्स रह्यो । उसको छ करोड सात लाख रुपियाँको कारोबार भयो ।

Advertisement

Advertisement

Advertisement