मनाङमा चार महिनामा दश हजार विदेशी पर्यटक भित्रिए

Advertisement

काठमाडौं । अन्नपूर्ण पदमार्गमा पर्ने मनाङमा गत माघ महिनादेखि वैशाखसम्ममा १० हजार छ सय सात विदेशी पर्यटक भित्रिएका छन् । लामो समयसम्म ठूलो हिमपात परेको उक्त मौसममा गत वर्षको तुलनामा पर्यटकको सङ्ख्यामा गिरावट आएको छैन ।

जुन स्तरमा पर्यटकको सङ्ख्यामा वृद्धि हुनुपर्ने हो सोअनुरुप नभएको अन्नपूर्ण संरक्षण क्षेत्र धारापानी चेकपोष्टका पर्यटक सहायक आशिष विश्वकर्मले बताए । उनका अनुसार हिमपातका कारण मौसम ढिलो शुरु भएकाले सोचेजति पर्यटक आउन सकेनन् । हिमपातका कारण होटल व्यवसायी पनि समयमा गाउँ फर्कन सकेनन् । लमजुङबेसीशहरबाट मनाङ हिँडेका पर्यटक बीच बाटोबाटै फर्किएका थिए । यस्तो परिस्थितिमा पनि पर्यटकको आगमनमा कुनै गिरावट आएको भने पाइएन ।

अहिलेको मौसममा सबैभन्दा बढी इजरायली नागरिक छ सय सात भित्रिएका छन् । सबैभन्दा कम भियतनामी दुई सय १३ रहेका अन्नपूर्ण संरक्षण क्षेत्र मनाङको तथ्याङ्कमा उल्लेख छ । यो मौसम जनावरीबाट शुरु भई मेमा सकिने गर्छ । सिजनको पहिलो महीना जनवरीमा सबैभन्दा कम जम्मा चार सय  ७२ मनाङ भित्रिएका थिए भने सबैभन्दा बढी अप्रिलमा पाँच हजार ९८ पर्यटक भित्रिएका धारापानी पर्यटक प्रहरीले जनाएको छ ।

यो सिजनमा जर्मन, फ्रान्स, ब्रिटिश, रसिया, भियतनाम, इजरायल र अमेरिका गरी जम्मा सात देशका नागरिक मनाङ आएका हुन् । अत्यधिक हिमपातले पर्यटक आवागमनमा प्रभाव पारेको हो । केही दुःखद् घटना घटे पनि आवागगमन निरन्तरता रहिनै रहेको कुरा प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाले बताए । उनका अनुसार हिमपातको प्रभावमा पनि पर्यटकको चहलपहल प्रभावकारी रह्यो ।

Advertisement

Advertisement

Advertisement