अमिताभ बच्चनको ट्विटर ह्याक गर्दै ह्याकरले लेखे ‘आई लभ पाकिस्तान’

Advertisement

भारत । बलिउड महानायक अमिताभ बच्चनको ट्विटर अकाउन्ट सोमबार राति ह्याक भएको थियो ।

बच्चनको अकाउन्ट पाकिस्तानी टर्किश ह्याकर ग्रुप अइयल्दिज टिमले गरेको थियो । ह्याकरले अमिताभ बच्चनको अकाउन्ट ह्याक गरेर पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर प्रोफाइलमा राखेका थिए । साथै क्याप्सनमा ‘आई लभ पाकिस्तान’ लेखेका थिए ।

साथै ती ह्याकरले ट्वीट गर्दै लेखेका थिए, ‘यो संसारका लागि ठूलो सन्देश हो । हामी तुर्की फुटबलर्सको तर्फबाट आइसल्याण्डको अनादरपूर्ण व्यवहारप्रति खेद प्रकट गर्दछौँ । हामी विनम्रताका साथ ठूलो कदम उठाइरहेका छौँ । हामी यहाँ तपाईँलाई यस ठूलो साइबर आक्रमणका बारेमा जानकारी दिइरहेका छौं । अइयल्दिज टिम टर्किश साइबर आर्मी ।’ ह्याकरहरले भारतीय मुस्लिमहरुसँग समर्थन गर्न माग गरेका थिए । ह्याकरहरुले भारतीय मुस्लिमहरुसँग आफ्नो ग्रुपलाई समर्थन गर्न अपिल गर्दै लेखेका थिए ‘हामी तपाईहरुको समर्थनको प्रतिक्षा गरिरहेका छौँ ।’

तर अहिले भने बच्चनको ट्वीटर रिकभर भइसकेको छ । साथै ह्याकरले गरेका सबै ट्वीट डिलिट गरिएको छ । अकाउन्ट रिकभर भएपछि अमिताभले दुई वटा नयाँ ट्वीट र दुई वटा रिट्वीट गरिसकेका छन ।

Advertisement

Advertisement

Advertisement