विदेशी मुद्राको विनिमयदरः अमेरिकी डलरसहित आज सबै देशको भाउ बढयो

Advertisement

काठमाडौं । आज साताको पहिलो दिन आईतबार अमेरिकी डलरसहित सबै देशको मुल्य बढेको छ । आज नेपाल राष्ट्र बैंकले अमेरीकी डलर एकको खरिददर १११ रुपियाँ ३९ पैसा तोकेको छ भने बिक्रीदर १११ रुपियाँ ९९ पैसा तोकेको छ ।

त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४० रुपियाँ ८३ पैसा र बिक्रिदर १४१ रुपियाँ ५९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३० रुपियाँ ५९ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ७६ पैसा रहेको छ। साउदी रियाल एकको खरिददर २९ रुपियाँ ७० पैसा रहेको छ भने बिक्रिदर २९ रुपैयाँ ८६ पैसा रहेको छ ।

त्यस्तै, युएई दिराम एकको खरिददर ३० रुपियाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३० रुपियाँ ४९ पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २६ रुपियाँ ७३ पैसा, बिक्रिदर २६ रुपियाँ ८७ पैसा रहेको छ।

त्यसैगरी, बैंकले कुवेती दिनार एकको खरिददर ३६६ रुपियाँ ४७ रुपियाँ, बिक्रिदर ३६८ रुपियाँ ४४ पैसा तोकेको छ। बहराईन दिनार एकको खरिददर २९५ रुपियाँ ५८ पैसा, बिक्रिदर २९७ रुपियाँ १७ पैसा तोकेको छ।

अन्य देशको विनिमयदर नेपाल राष्ट्र बैंकको तालिकामा

dollar

Advertisement

Advertisement

Advertisement