मुक्तिनाथ बैंक र खल्ती डिजिटलबीच सम्झौताः बैंकका ग्राहकले पैसा सिधै खल्तीमा लोड गर्न पाउने

Advertisement

काठमाडौं । मुक्तिनाथ विकास बैंक र खल्ती डिजिटल वालेट बीच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता भएको छ । बैंकका सञ्चालक अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृत तिलवहादुर गुरुङ र खल्तीका निर्देशक ध्रुब अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार मुक्तिनाथ बैंकका ग्राहकले बैंकिङ तथा इन्टरनेट बैंकिङ सेवा प्रयोग गरि खल्तीमा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् ।

यस सम्झौताबाट बैंकका ग्राहकहरु लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement