हङकङविरुद्ध सागरको उत्कृष्ट बलिङ, एक्लैले हात पारे ५ विकेट

Advertisement

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा नेपालले अहिले हङकङसँग प्रतिस्पर्धा गरिरहेको छ । यू–१९ एसिया कपको पूर्वी क्षेत्र छनोटको फाइनलमा सागर ढकालले हङकङविरुद्ध उत्कृष्ट बलिङ गरेका छन् ।

क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेर पहिले बलिङ गरिरहेको नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । नेपाली बलर चम्किदा हङकङको इनिङ्स ध्वस्त बनेको छ नेपालविरुद्ध हङकङले २७ ओभरको खेल सकिदा ६ विकेट गुमाएर मात्र ५६ रन जोडेको छ । हङकङ आदित गोरावाराले २४ तथा कुह्लान चल्लुले १९ रन बनाए ।

नेपालका सागर ढकाल एक्लैले ५ विकेट हात पारिसकेका छन् । यस्तै तिलक राज भण्डारीले १ विकेट लिएको छ । उपाधि विजेता टिम यू–१९ एसिया कपमा छनोट हुने छन् । एसिया कपमा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बांग्लादेश र अफगानिस्तानले प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

Advertisement

Advertisement