सभामुखले बोल्न नदिएपछि संसदमा कांग्रेस र राजपाको नाराबाजीले बैठक स्थगित

Advertisement

काठमाडौं । सभामुख कृष्णबहादुर महराले बोल्न समय नदिएपछि प्रतिनिधिसभामा नेप्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुको अवरोधकाबीच नाराबाजी भएको छ ।

बैठक सुरु भएलगत्तै सिटबाट उठेका कांग्रेस र राजपा सांसदलाई सभामुख महराले बोल्न समय दिएनन् ।  कांग्रेस र राजपा सांसद उठिराखेपछि महराले बैठक अगाडि बढाए । लगत्तै कांग्रेस र राजपा सांसदहरु संसदको बेल घेराउ गर्दै नाराबाजीमा उत्रिए ।

सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै मंगलबार पनि बैठक अवरुद्ध गरेका थिए ।

नाराबाजीकै बीच सभामुख महराले प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका बजेटसम्बन्धी विधेयकका संबन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश जानकारी गराउन समय दिए । त्यसपछि अर्को बैठक असार ३० गते दिउँसो १ बजे बस्ने गरी बैठक स्थगित गरे ।

Advertisement

Advertisement

Advertisement