एनआईसी एशिया बैंकले साढे ४ अर्ब रूपियाँ बराबरको ऋणपत्र निष्काशन गर्ने

Advertisement

काठमाडौं । एनआईसी एशिया बैंकले साढे ४ अर्ब रूपियाँ बराबरको ऋणपत्र निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बैंकले एक हजार रूपियाँ अंकित दरका ४ अर्ब ४० करोड रूपियाँ बराबरको ४४ लाख कित्ता ऋणपत्र जारी गर्ने अनुमति पाएको हो । बैंकले ऋणपत्र निष्काशनको लागि सानिमा क्यापिटल मार्केटलाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

कुल निष्काशनमध्ये ६० प्रतिशतले हुन आउने २ अर्ब ६४ करोड रूपियाँ बराबरको व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने ४० प्रतिशतले हुन आउने १ अर्ब ७६ करोड रूपैयाँ बराबरको सर्वसाधारणका लागि बिक्री खुल्ला गरिने छ ।

सात वर्षको अवधिमा परिपक्व हुने ‘एनआई सी एशिया ऋणपत्र २०८३र८४’ ऋणपत्रमा वार्षिक १०.२५ प्रतिशत व्याजदर पाइने छ भने ब्याज अर्धवार्षिक रूपमा भुक्तानी गरिने बैंकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement