भ्यागुताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै सम्बन्ध विच्छेद गराइयो

Advertisement

मोरङ । भ्यागुत्ताको सम्बन्ध विच्छेद गराइएको कागज अहिले सामाजिक सञ्जालमा ‘भाइरल’ बनेको छ । भ्यागुत्ताको बिहेका कारण वर्षा र बाढीको समस्या आएको भन्दै मोरङमा भ्यागुताको सम्बन्ध विच्छेद गराइएको छ । असार २१ गते सन्सारीमाइ मन्दिरमा बिवाह गराइर्एका भ्यागुताको आइतबार सम्बन्ध विच्छेद गराइएको हो ।

बुढीनन्दा गाँउपालिका–२ का प्रकाश बानियाँले लिखित रुपमै भ्यागुताको सम्बन्ध विच्छेद गराएका हुन् । यस्तो गर्दा वर्षात र डुवानको समस्या कम हुने विश्वास गरिएको छ ।

लामो समयसम्म खडेरी परेपछि स्थानीयले धार्मिक विधि अनुसार भ्यागुत्ताको विहे गराएको थियो ।

Advertisement

Advertisement

Advertisement