टिभिएसले ल्यायो अन्तरराष्ट्रिय रेस ट्रयाकमा मोटरसाइकल चलाउने योजना

Advertisement

काठमाडौं । नेपालको लागि टिभिएस मोटर कम्पनीको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले टिभिएस मोटरसाइकल ग्राहकलाई लक्षित गरेर अपाचे रेस ट्रयाक एक्सपेरियन्स अघि सारेको हो ।

यसअन्तर्गत नेपालभर रहेका टिभिएस मोटरसाइकलको कुनै पनि शोरुममा गई अपाचे आरआर तीन सय १० तथा अपाचे दुई सय ४भी भी२ को टेस्ट राईड गरी उक्त योजनामा सहभागि हुन । २५ जना भाग्यशाली विजेताले भारतको चेन्नाईमा रहेको मदरास मोटर रेस ट्रयाकमा अपाचे आरआर तीन सय १० र दुई सय ४भी भी२ कुदाउनुको अनुभव लिने छ ।

साथै अपाचे आरआर तीन सय १० तथा अपाचे दुई ४भी भी२ खरिदकर्ताले हेल्मेट्स नेपालको क्रमशः १० हजार र सात हजार रुपियाँ बराबरको नगद भौचर उपहार स्वरुप पाउने छन्, भने अपाचे आरआर तीन सय १० को लागि मासिक किस्ताबन्दी १९ हजार ९३ र अपाचे दुई ४भी भी२ को लागि ११ हजार २ सय ४५ कायम गरिएको छ ।

नयाँ बिक्री योजनाका बारेमा जानकारी दिँदै जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले भने, “हरेक मोटरसाइकल राइडरको एउटा भित्री ईच्छा हुन्छ रेस ट्रयाकमा मोटरसाईकल कुदाउनुको मज्जा लिने । तर सबैले यस्तो चाहना पूरा गर्न सकेका हुँदैनन् । त्यसैले आफ्ना बाइकप्रेमीहरुलाई सदैव नयाँ नयाँ एक्सपेरियन्स दिलाएर अचम्भित पार्दै आएको टिभिएसले एक नयाँ योजना अघि सारेर यसपटक आश्चर्यजनक उपहारको रुपमा ग्राहकलाई रेस ट्रयाक एक्सपेरियन्स प्रस्तुत गरेको हो ।”

Advertisement

Advertisement

Advertisement