विदेश जान अब महिलाले पुरुषको अनुमति लिन नपर्ने

Advertisement

रियाद । साउदी अरेबियामा अब महिला कुनै पनि पुरुषको अनुमति बिना नै घुमफिर गर्न सक्ने भएका छन् । साउदी राजदरबारले गरेको पछिल्लो घोषणामा सो कुरा उल्लेख छ । शुक्रबार घोषणा गरिएको नयाँ नियम अनुसार २१ वर्ष भन्दा माथिका महिलाले अब पासपोर्टका लागि पुरुष अभिभावकको अनुमति बिना नै आवेदन हाल्न सक्नेछन् ।

सबै बयस्कहरुले अब पासपोर्टको लागि आवेदन हाल्न सक्ने र यात्रा गर्न सक्ने जनाइएको छ । त्यसमा पुरुषलाई जति नै महिलालाई पनि अधिकार रहने उल्लेख छ । शाही घोषणामा महिलालाई बच्चा जन्माउने विवाह गर्ने वा सम्बन्ध विच्छेदको अधिकारपनि दिइएको छ । महिलाका सम्बन्धमा रोजगारीको क्षेत्रमा पनि नियमहरु बदलिएको र महिलालाई पनि अवसर प्रदान गरिने जनाइएको छ ।

अब लिंग अपांगता वा उमेरको आधारमा कुनैपनि विभेद नहुने समेत जनाइएको छ ।अहिले सम्म साउदी अरेबियामा महिलालाई पुरुष अभिभावकसँग अनुमति लिनुपर्ने अवस्था थियो । पुरुष अभिभावक भन्नाले श्रीमान बाबु वा अन्य पुरुष आफन्तको अनुमतिपछि मात्रै पासपोर्ट लिन वा विदेश भ्रमण गर्न सक्ने व्यवस्था रहेको थियो । साउदी अरेबियाका युवराज मोहम्मद बिन सलमानले यसअघि महिलालाई ड्राइभिङमा छूट दिने व्यवस्था गरेको विषयमा सर्बत्रबाट सह्राहना गरिएको थियो ।

Advertisement

Advertisement

Advertisement