डिजेल र पेट्रोलको भाउ बढ्यो, खाना पकाउने ग्यासको मूल्य घट्यो

Advertisement

काठमाडौं । नेपाल आयल निगमले डिजेल, पेट्रोल र र मट्टितेलको मूल्य बढाएको छ । निगमले साउन २२ गतेदेखि मध्यरातदेखि लागु हुने गरि डिजेल र र मट्टितेलको मूल्य ५० पैसाले बढाएको छ भने पेट्रोल लिटरमा १ रुपैयाँ वृद्धि भएको छ ।

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटेको छ । बुधबारदेखि पेट्रोलको मूल्य प्रतिलिटर १०९ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९७ रुपैयाँमा खरिद गर्नुपर्नेछ । खाना पकाउने ग्याँसको मूल्य भने २५ रुपैंयाँले घटेर प्रति सिलिण्डर १३७५ रुपैंयाँमा आईपुगेको छ । हवाई ईन्धनको मूल्य भने घटबढ गरिएको छैन् ।

Advertisement

Advertisement

Advertisement