कामना सेवा र एन पेबीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता

Advertisement

काठमाडौं । कामना सेवा विकास बैंक र एन पे बीच अनलाइन भुक्तानी सम्बन्धी सम्झौता भएको छ । यो सम्झौता पछि कामना सेवा विकास बैकका मोबाइल वा इन्टरनेट बैकिङ सुविधा लिएका ग्राहकले ५० भन्दा बढी ई–कमर्श वेब साइटमा अनलाईन भुक्तानी गर्न सक्नेछन् ।

यसरी, 'प्रगतिको आधार कामना सेवासँग कारोबार' भन्ने मुल नाराका साथ आम जनता माझ विभिन्न बैैकिङ सेवा सुविधा प्रदान गर्दै आइरहेको छ । यस बैंकका ग्राहकले अनलाईन भुक्तानी गर्न मिल्ने ई–कमर्श वेब साइटहरुमा गई हेर्न सक्ने छन् ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस कामना बैंकले देशका विभिन्न ठाउँहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटिएममार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।

साथै, बैंकले एबिबिएस, एसएमएस बैकिङ, मोबाइल बैैकिङ, सी आस्बा लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप तथा परिमार्जन गर्दै जाने बैंकको योजना रहेको छ ।

Advertisement

Advertisement

Advertisement