कुमारी-सारथी सहकार्यः ड्राईभरलाई १५ रुपियाँ बोनस र यात्रुलाई २० रुपियाँ क्यास ब्याक

Advertisement

काठमाडौं । अब सारथी ट्याक्सी सेवा चालकहरुले १५ रुपैंयाँ बोनस र यात्रुले २० रुपैंयाँ क्यास ब्याक पाउने भएका छन् । कुमारी बैंक र सारथी प्राइभेट लिमिटेडले डिजीटल पेमेन्ट सेवा सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्दै चालक र यात्रु दुबैलाई यस्तो सुबिधा दिने घोषणा गरेका हुन् ।
यो हस्ताक्षरसँगै सारथीको ट्याक्सी सेवा प्रयोग गर्दा कुमारी बैंकको एप्सबाटै डिजिटल पेमेन्ट गर्न सकिनेछ ।

अब ट्याक्सी व्यवसायीहरुको आफ्नो आम्दानी तुरुन्तै बैंक खातामा आउनेछ । उपभोक्ताहरुले पनि खल्तिमा पैसा नहुँदा पनि कुमारी बैंकको एप्सबाट भुक्तानी गर्न सक्नेछन् । यो सेवाले ग्राहक र चालक दुबैलाई सहजता प्रदान गर्नुका साथै सुरक्षा प्रवद्र्धनमा सघाउने बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीले बताए ।


कुमारी बैंकको मोबाइल बैंकिङ एपका साथै फोन पे अन्तर्गतका सबै बैंक तथा वालेटहरुबाट भुक्तानी गर्न सकिनेछ । बैंकले सो पेमेन्ट प्रणालीलाई प्रवद्र्धन गर्न चालक र ग्राहकरुका लागि आकर्षक बोनस र क्यास ब्याक अफर पनि ल्याएको छ । यसबाट हुने हरेक कारोबारमा चालकले १५ रुपैंयाँ बोनस र उपभोक्ताले २० रुपैंयासम्म क्यास ब्याक पाउनेछन् ।

कुमारी बैंकले १०३ शाखा, ९३ वटा एटिएम, ३ वटा एक्सटेन्सन काउण्टर र ३ वटा शाखा रहित बैंकिङ ईकाईहरुबाट वित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement