लोकसेवा आयोग विधेयक प्रतिनिधि सभामा प्रस्तुत

Advertisement

काठमाडौं । लोकसेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश भएको छ । बुधबार नेमकिपाका सांसद प्रेम सुवालको विरोधको सूचना बहुमतले अस्वीकृत भएपछि कानुन न्याय तथा संसदीय मामला मन्त्री भानुभक्त ढकालले विधेयक प्रस्तुत गरेका हुन् ।

नेपालको संविधानअनुसार लोकसेवाको काम, कर्तव्य र अधिकार बनाउनका लागि विधेयक ल्याइएको उनले बताए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले गत पुस २४ गते सो विधेयक प्रतिनिधिसभामा दर्ता गराएको थियो ।

विधेयकमाथि विरोधको सूचना राखेका सांसद सुवालले राज्य व्यवस्था समितिले आयोगलाई दिएको कार्यान्वयन नभएको गुनासो गरेका थिए । उनले विधेयकमा संघीय निजामती सेवामा देशभरीका, प्रदेश निजामती सेवामा प्रदेशभरीका र स्थानीयमा स्थानीय तहका नागरिकले मात्र दरखास्त दिन मिल्ने व्यवस्था हुनुपर्ने बताएका थिए ।

Advertisement

Advertisement

Advertisement