साना बच्चाहरुको लागि आईएमएस ग्रुपले ल्यायो ‘बीबीलभ’का सामानहरु

Advertisement

काठमाडौं । बच्चाहरुको निम्ती प्रयोग हुने प्रसिद्ध अन्तर्राष्ट्रिय ब्राण्ड बीबीलभका सामग्रीहरु अब नेपालका लागि आधिकारिक बिक्रेता आइएमएस ग्रुप अन्तर्गत आइएमएस लिटल स्माइल्स कम्पनीले भित्राएको छ ।

साना बच्चाहरुलाई ध्यानमा राखेर कम्पनीले उक्त सामग्री ल्याएको हो । साना बच्चाहरुका लागि कम्पनीको सिटी सेन्टरस्थित आफ्नै शोरुम पहिलो प्रिमियम मल्टी ब्राण्ड सोरुममा पाउन सकिने छ । ग्राहकहरुका लागि उत्कृष्ट अन्तर्राष्ट्रिय बेबी ब्राण्डहरु डीआर ब्राउन्स्, क्रेन एण्ड हिमालय बेबी केयरका साथै बीबीलभका सामानहरु शोरुममा उपल्ब्ध रहेको कम्पनीले जनाएको छ ।

क्यानेडियन ब्राण्ड बीबीलभले बच्चाहरुलाई फिडिङ, ग्रुमिङ, बाथ टाइम, आउटडोर्स लगायतको गुणस्तरीय उत्पादनहरु प्रदान गर्ने भन्दै कम्पनीले यसले बच्चाहरुको जीवन सरल बनाउन मद्दत गर्नेछ । गुणस्तरीय ब्लुभ सुरक्षित टिकाऊ र आकर्षक रहेको भन्दै कम्पनीले यसले बच्चाको जीवन सरलकृत गर्ने बताएको छ ।

कम्पनीले बीबीलभको उत्पादनहरु स्मार्ट डोकोबाट पनि उपलब्ध हुनेछ । आइएमएस ग्रुपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्राले भन्छन्– नेपालमा बच्चाहरुका लागि अर्को अन्तर्राष्ट्रिय बाण्ड ब्लुभको वितरक गर्न पाउँदा हामी हर्षित छौं । हामी हाम्रो उपभोक्ताको आवश्यकताहरु पूरा गर्न चाहन्छौं ।’

अन्तर्राष्ट्रिय ब्राण्ड बीबीलभका सामानहरु सुलभ तथा सहज ढुङगले पाउन सकिने भन्दै भएकाले आम उपभोक्ताले प्रिमियम ब्राण्डका सामानहरु खरिद गर्न विदेश जानु नपर्ने उनले बताए ।

Advertisement

Advertisement

Advertisement