कोरिया जापान कूटनीतिक वार्ता

Advertisement

सिन्ह्वा । जापान र कोरियाबीचमा पछिल्लो समयमा व्यापारसम्बन्धी विवाद देखिएको बेला यी दुई देशका अधिकारीबीच यसै हप्ता कूटनीतिक वार्ता हुने भएको छ ।

समाचारमा जनाइएअनुसार यसै हप्ता जापान र कोरियाका महानिर्देशक तहका अधिकारीबीच सो वार्ता हुने भएको हो । दक्षिणको कोरियाको विदेश मन्त्रालयले बिहीबार जनाएअनुसार दक्षिण कोरियाको विदेश मन्त्रालयका एसिया प्यासिफिक क्षेत्रीय मामिलाका महानिर्देशक किम जङ हन र उनका जापानी समकक्षी सिगेकी ताकिजाकीबीच सो वार्ता हुन लागेको हो ।

दक्षिण कोरियाको विदेश मन्त्रालयद्वारा प्रकाशित विज्ञप्तिका अनुसार आगामी शुक्रबार उक्त द्विपक्षीय वार्ता हुन लागेको छ । उक्त वार्ताका क्रममा द्विपक्षीय आपसी हितका विविध विषयमा कुराकानी हुने जानकारी सो विज्ञप्तिमा दिइएको छ ।

यी दुई देशबीच पछिल्लो समयमा आयात निर्यातका वस्तुहरु र करका विषयमा विवाद उत्पन्न भएको छ । सोही विवादलाई सहज बनाउने प्रयासस्वरुप उनहरुबीच यो तहमा वार्ता हुन लागेको अधिकारीहरुले जानकारी दिएका छन् । गत महिना यस विषयमा विवाद उठेपछि यी दुई देशबीचमा कुनै द्विपक्षीय वार्ताका लागि भएको यो पहिलो पहल भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

Advertisement

Advertisement

Advertisement