निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने सरकारको तयारी

Advertisement

काठमाडौं । सरकारले निजामती सेवाका कर्मचारीको संख्या कटौती गर्ने तयारी गरेको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले निजामती कर्मचारीको संख्या कटौती गर्न लागिएको बताउनु भएको हो । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले लगानीअनुसार फल नभएकाले पनि निजामती कर्मचारीलाई आवश्यक संख्यामा मात्रै राख्न लागिएको पनि स्पष्ट पारेका छन्।

मन्त्री पण्डितले निजामती सेवालाई गुणस्तरीय बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।मन्त्री पण्डितले सेवा र सुविधामात्रै मागेर निजामती कर्मचारीहरुले हैरान पारेको गुनासो पनि गरे । निजामती कर्मचारीको संख्या बढदै जाँदा त्यसका सेवा, सुविधामा केही कमी आउनुलाई स्वभाविक रुपमा लिनुपर्ने मन्त्री पण्डितको भनाइ थियो ।

Advertisement

Advertisement

Advertisement