कुमारी बैंकका लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर, चुक्ता पुँजी ९ अर्ब ५५ करोड

Advertisement

काठमाडौं । कुमारी बैंकका लगानीकर्ताले १० प्रतिशत बोनस सेयर पाएका छन् । बैंकको १९औं वार्षिक साधारण सभाले लगानीकर्ताहरुलाई १० प्रतिशत बोनस सेयर दिने दिने निर्णाय पारित गरेको हो । बैंकका अध्यक्ष अमिर प्रताप जबराको अध्यक्षतामा सम्पन्न साधारण सभाले शेयरधनीहरुलाई आ.व.२०७५/७६ को लागि १० प्रतिशत बोनस शेयर तथा बोनश शेयरको कर प्रयोजनार्थ ०.५२६ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । सो बोनस शेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड हुनेछ ।

आर्थिक वर्ष २०७५/७६ को मसान्तसम्म बैंकले कुल निक्षेप ८४ अर्ब ४० करोड परिचालन तथा कुल कर्जा रकम ७६ अर्ब ९८ करोड प्रवाह गरी संचालन मुनाफा १ अर्ब ७६ करोड तथा १ अर्ब २३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिर गरि १०७ शाखा संजाल, ९३ एटिएम्, ३ एक्स्टेन्सन काउन्टरका साथै ८ वटा शाखारहित बैंकिङ्क इकाईमार्फत देशभरी आफ्ना सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement