साताको पहिलो दिनमै सेयर बजार ४.६६ अंकले ओरालो, कारोबार रकम पनि २४ करोडमा सिमित

Advertisement

काठमाडौं । सेयर बजारमा जारी गिरावट आज साताको पहिलो दिन आइतबार पनि कायमै रह्यो । आज सेयर बजार परिसुचक नेप्से चार दशमलव ६६ अंकले घटेर एक हजार १२५ दशमलव १४ कायम भयो भने कारोबार रकम घटेर २५ करोड १४ लाख रुपियाँ बराबरमा सीमित रह्यो ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडी रहेको छ । जसको कारोबार तीन करोड ३६ लाख रुपियाँ बराबरको भएको छ । त्यस्तै, दोस्रो धेरै कारोबार गर्नेमा सानिमा बैंक रहेको छ । जसको कारोबार दुई करोड ५६ लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज समूहको सूचकमा विकास बैंक १.४६ अंकले उकालो लागेको छ भने अन्य समूहका सुचकमा पनि २.३१ अंकको सुधार देखिन्छ । त्यसैगरी, होटल र निर्जीवन बीमा समूहका सुचकमा एक प्र्रतिशतभन्दा धेरै अंकको गिरावट आएको छ भने बाँकी सबै समूहका सुचकहरुमा एक प्रतिशतभन्दा कम अंकको गिरावटले राता देखिएका छन् ।

आज धेरै नाफा गर्नेमा आँखुखोला जलविद्युत कम्पनीका लगानीकर्ता अगाडि छन् । कम्पनीमा दुई अंकको सुधार भएको पाइन्छ । त्यसैगरी, धेरै घाटा खानेमा हिमालय उर्जा विकास कम्पनीका लगानीकर्ता रहेका छन् । कम्पनी ९ अंकले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement