भृकुटीमण्डपमा शुरु भयो बजाजको ग्राण्ड एक्सचेन्ज मेला, ग्राहकलाई विशेष अफर

Advertisement

काठमाडौं । नेपालका लागि बजाज मोटरसाईकलको एक मात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले ‘बजाज ग्राण्ड एक्सचेन्ज मेला’ ल्याएको छ । असोज १२ गतेदेखि शुरु भएको यो अफर असोज १६ गतेसम्म लागू हुनेछ र ग्राहकहरुले भृकुटीमण्डपमा गएर आफ्नो कुनै पनि ब्राण्डका पुराना मोटरसाईकल तथा स्कुटर बजाजको नयाँ मोटरसाईकलसँग एक्सचेन्ज गर्न सक्ने कम्पनीले बताएको छ ।

कम्पनीले कुनै पनि पुराना मोटरसाईकल तथा स्कुटरको एक्सचेन्जमा न्यूनतम ३० हजारसम्मको मूल्याकंन र प्रचलित बजार भ्यालूयसन भन्दा थप १५ हजार प्रदान गर्नेछ । ग्राहकहरुले नयाँ बजाज मोटरसाईकलको खरिदमा निशुल्क हेल्मेट, बाईक कबर, ल्यापटप ब्याग र लेग गार्ड जस्ता एक्सेसरिज पाउने छन् ।

बजाजको ग्राण्ड एक्सचेन्ज मेलासँगै टेस्ट राइड पनि संचालन भइरहेको छ र ग्राहकहरुले हरेक टेस्ट राइडमा आकर्षक उपहारहरु प्राप्त गर्नेछन् । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले देशभर रहेको आफ्ना २८२ बटा नेटवर्कबाट ग्राहकहरुलाई खरिद तथा बिक्रीमा उचित मूल्याकंन साथै उच्च गुणस्तरको सेवा प्रदान गर्दै आएको विज्ञप्तिमार्फत जनाएको छ ।

Advertisement

Advertisement

Advertisement