सेयर बजारको सुधार एकदिन पनि टिकेन, धेरै घाटा खानेमा सिद्धार्थ बैंकका लगानीकर्ता

Advertisement

काठमाडौं । आज साताको चौँथो दिन बुधबार सेयर बजारमा गिरावट आएको छ । आज सेयर बजार परिसुचक नेप्से ५ दशमलव ०१ अंकले घटेर एक हजार १३७ दशमलव ०३ कायम भयो भने कारोबार रकम पनि थोरै बढेर २२ करोड २४ लाख रुपियाँ बराबरमा सीमित भयो ।

आज धेरै कारोबार गर्नेमा प्रभु बैंक अगाडी रहेको छ । जसको कारोबार पाँच करोड ४४ लाख रुपियाँ बराबरको भएको छ । त्यसैगरी, दोस्रो धेरै कारोबार गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । जसको कारोबार एक करोड ११ लाख लाख रुपियाँ बराबरको भएको छ ।

त्यस्तै, आज विकास बैंक, हाइड्रोपावर र म्युचल फण्डबाहेक सबै समूहका सुचकहरु ओरालो लागेका छन् । यी समूहरु शुन्य प्रतिशतभन्दा बढीले उकालो लागेका छन् । बाँकी सबै समूहका सुचकहरुमा शुन्य प्रतिशत भन्दा कमले ओरालो लागेका छन् ।

त्यसैगरी, धेरै फाइदा खानेमा ग्लोबल आईएमई समुन्नत स्किमका लगानीकर्ता अगाडि छन् । आईएमई ३.९२ प्रतिशतको फाइदामा गएको छ । त्यस्तै, घाटा खानेमा सिद्धार्थ बैंकका लगानीकर्ता रहेका छन् । बैंक ४ दशमलब ३१ प्रतिशतले घाटामा गएको छ ।

Advertisement

Advertisement

Advertisement