सनराइजले डीजीएम दिएपछि आरतीले छोडिन ग्लोबल आईएमई

Advertisement

काठमाडौं । सनराइज बैंकले डीजीएम (नायव महाप्रवन्धक) दिएपछि आरती राणाले ग्लोबल आइएमइ बैंक छोडेर सनराइज प्रवेश गरेकी छन् । ग्लोबल आर्इएमर्इमा उनी सहायक महाप्रबन्धक (एजीएम) थिइन् ।

बैंकिङ क्षेत्रमा एक दशकभन्दा बढि समय बिताएकी उनी बुधबार ग्लोबल आईएमईबाट बिदाई भए पनि सनराइजमा भने तिहारपछि काम सुरु गर्नेछिन । एभरेष्ट बैंकबाट बैंकिङ करियर सुरु गरेकी राणा सिम्बियोसि इन्ष्टिच्युट अफ बिजनेश म्यानेजमेन्ट (एसआइबिएम) पुनेबाट एमबीए गरेकी छन् ।

Advertisement

Advertisement

Advertisement